68Shares

पोखरा लायन्स क्लब अफ पोखरा पिस सिटीले आफ्नो १२औं स्थापना दिवस भिमाद नगरपालिका, टेक्रेभञ्याङ स्थित श्री बाल बिकास माध्यामिक विद्यालयमा मनाएको

क्लबले स्थापना दिवसको सम्झना स्वरूप सुक्रवार एक कार्यक्रमका बीच बिद्यालयलाई एक थान ल्यापटप र खेलकुद सामग्री वितरण गरेको हो । क्लबले विगत बर्षदेख़ि क्लबले सो बिद्यालयमा बिविध कार्यक्रमहरु गर्दै आईरहेको क्लबका अध्यक्ष युवराज खनालले बताए  उनका अनुसार क्लबले बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको लागि बिगतका बर्षमा न्यानो कपडा, स्टेशनरी तथा खेलकुदसामाग्री वितरण, लाईब्रेरी सञ्चालन, सिसि क्यामेरा, कम्प्यूटर, इन्टरनेट जडानका साथै यस बर्ष ल्यापटप हस्तान्तरण गरेको हो

कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष सुदीपराज ढुङगानाले क्लबले स्थापना दिनको अवसरमा विद्यालय क्षेत्र विकासमा पु¥याएको योगदानको अतुलनिय रहेको बताउदै विद्यार्थीको लागि प्रदान गरिएको ल्यापटप एवम् खेलकूदका सामग्रीहरूले उनीहरूको शैक्षिकस्तर वृद्धि एवं बौद्धिक विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गरे

कार्यक्रममा क्लबका पूर्व अध्यक्ष अर्जुन सिग्देल, जिवन ढुंगाना लगाएतले सस्थापक सदस्यको महत्व र सामाजिक कृयाकलापमा क्लबले गरेका योगदानका बिषयमा आफ्नो भनाई राखेका थिए

क्लबका अध्यक्ष युवराज खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बालबिकास मावि बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ईमानसिं थापा, प्रधानाध्यापक राम्जी सिग्देलले बिधालयका गतिबिधि बारे प्रकाश पार्दै आगामी दिनमा पनि यस्ता प्रकारका कार्यक्रम निरन्तरताको लागि आग्रह गर्दै क्लबको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए

क्लबका सचिव रविकुमार श्रेष्ठको संचालन रहेको क़ार्यक्रममा बिद्यालय बाल क्लबका अध्यक्ष दीक्षा थापाले लायन्स क्लबले बिद्यालयमा गरेको सपोर्टको उच्च कदर गरेकी थिईन्

अग़स्ट १५, २०१२ मा क्लबको गठन सहित नामाकरण गरी २८ नोवेम्बर, २०१२ मा लायन्स अन्तर्राष्ट्रिय बिधिवत दर्ता पाएको हो सुरूमा ३७ जना संस्थापक सदस्य सहित सुरू भएको क्लबमा हाल २६ जना सदस्य रहेकाछन् भने संस्थापक अध्यक्ष सुदीपराज ढुङगाना हुन्

68Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected