12Shares

पोखरा भ्यूज
पोखरा, ६ पुस । पोखराको काजीपोखरी स्थित कालिका बहुमुखी क्याम्पसले शुक्रवार आयोजना गरेको रक्तदानमा ४० युनिट रगत संकलन भएको छ । क्याम्पसले ३२ औ वार्षिकोत्सबको अवसरमा रक्तदानको आयोजना गरेको हो ।

क्याम्पस संचालक समितिका उपाध्यक्ष एवम् पोखरा- १४ का अध्यक्ष बोधबहादुर कार्कीले क्यम्पस प्रमुख विरन्जी गौतमलाइ ब्लड ब्यग प्रदान गरेर कार्यक्रमको उद्घाटन गरेका हुन् । क्याम्पसका प्राध्यापक, कर्मचारी र विद्यार्थीले रक्तदान गरेका हुन् । रक्तदानका लागि रेडक्रसको रक्तसञ्चार शाखाले प्राविधिक सहयोग गरेको हो ।

कार्यक्रममा बोल्दै कार्कीले रक्तदान जस्तो मानवीय कार्यक्रमको आयोजना गरेर क्यम्पसले उदाहरणीय काम गरेको उल्लेख गरे । क्याम्पस प्रमुख गौतमले रक्तदान मानवीय काम भएको उल्लेख क्याम्पसले सामजिक उत्तरदायित्व पुरा गरेको बताए ।
वार्षिकोत्सबको अवसरमा क्यम्पसले विभिन्न खेलकुद तथाअतिरिक्त क्रीयाकलाप कार्यक्रमहरुको आयोजना गरेको साहायक क्यायम्पस प्रमुख शालिकराम तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार नेपाली, अङ्ग्रेजी निबन्ध प्रतियोगिता सम्पन्न भइसकेका छन् । यहि पुस एघार गतेसम्म खेलकुद कार्यक्रमहरु सम्पन्न गर्ने र १२ गते वार्षिकोत्सबको उदघाटन गर्ने कार्यक्रम रहेको सहायक क्यम्पस प्रमुख युवराज गुरुङले बताए ।
यसैबीच क्याम्पसको नवनिर्मित प्रवेशद्वारको वडा अध्यक्ष बोधबहादुर कार्कीले शुक्रबार उद्घाटन गरे ।
व्यवस्थापन, शिक्षा, मानविकी र बिज्ञान संकायमा पढाइ हुने क्याम्पसमा एकहजार चार सय बिद्यार्थी रहेको क्याम्प प्रमुख गौतमले जानकारी दिए । गौतमका अनुसार क्याम्पसमा स्नातकोत्तर तहमा ग्रामीण विकासको पढाइ हुँदै आएको छ ।

12Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected