
पोखरा भ्यूज
पोखरा ६ पुष । ढाकाचोली महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौथो बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।
कार्यक्रममा उद्घाटन गर्दै पोखरा महानगरपालिकाका वडा अध्यक्ष राममोहन आचार्यले महिला उद्यमशिलताको विकास गर्दै बचत तथा ऋण गरिरहेको सहकारीलाई छिट्टै वडाको नमुना सहकारीको रुपमा देख्न चाहेको बताए । उनले सहकारीको सिद्धान्त अनुसार सहकारी चल्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमका विशेष अतिथि को अपरेटिभ प्रेसिडेन्ट सोसाइटीका केन्दिय अध्यक्ष डिल्लीराम बरालले सहकारीमा सवैको समान अधिकार भएको हुँदा अरुको लहैलहैमा नलागि सम्पूर्ण शेयर सदस्यहरु एकजुट भएर अगाडी बढ्नुपर्नेमा जोड दिए । उनले शेयर सदस्यहरुलाई बोनसको लोभमा पछि लाग्नु भन्दा पनि संस्थाले गरिरहेका गतिविधिको पछि लाग्न आग्रह गरे ।
कार्यक्रममा रेडियो सफलताका प्रवन्ध निर्देशक दुर्गा अधिकारीले संस्थालाई मजबुत बनाउन समय लाग्ने भएको हुँदा संस्थाको उदेश्यमा लागि पर्न आग्रह गरिन् । महिला सशत्तीकरणको पाटो महिला उद्यमशीलतालाई अगाडी बढाउन तर्फ लाग्नु पर्नेमा उनको जोड थियो ।
कार्यक्रममा जेष्ठ नागरिक आमाहरु रेवती पनेरु र कमला कार्कीलाई सम्मान गरिएको थियो । कार्यक्रममा नियमित बचतकर्ता सरला ढुगाना र कृष्णा थापा, कर्मचारी व्यवस्थापक सन्ध्या खत्री र मार्केटिङ्ग सपना बाँनियालाई पनि सम्मान गरिएको थियो । एसईईमा ए प्लस ल्याउन सफल शेयर सदस्यका छोरा लक्ष्मण रिमाललाई पनि सम्मान गरिएको थियो ।
संस्थाका संस्थापक अध्यक्ष पार्वती पनेरुको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मनतव्य उपाध्यक्ष लक्ष्मी कुमारी गुरुङ्गले र संचालन सचिव सीता ठडराईले गरेकी थिईन् । कार्यक्रममा लेखा संयोजक प्रभा कुमारी बाँस्तोला, पुर्व सल्लाहकार नानीमाया थापा, सदस्य निरशा गुरुङ्गले बोलेका थिए । कोषाध्यक्ष गंगा रिमालले आर्थिक प्रतिवेदन, अध्यक्ष पार्वती पनेरुले संस्थाको सांगठनिक प्रतिवेनद र सचिव सिता भटराईले संस्थाको अवस्था सहितको प्रतिवेदन प्रस्तुत सहित छलफल गरिएको थियो ।











