
पोखरा भ्यूज
पोखरा, ७ पुस । लायन्स क्लव अफ पोखरा न्यू भिजनले पोखरा–१६, दीपस्थित चण्डिका आधारभूत विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको छ । क्लवले बिधार्थीको लागि न्यानो कपड़ा स्विटर, झोला सहित कपि कलम र विद्यालयलाई प्राथमिक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । उक्त विद्यालयमा हाल ११५ जना विद्यार्थी अध्ययनरत छन् ।
क्लबका अध्यक्ष लक्षमण सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका मिडिया एवं कम्युनिकेसन डिष्ट्रिक्ट को–अर्डिनेटर टंकराज अधिकारीले बालबालिकालाई पठनपाठनमा सहज होस भन्दै क्लबले संस्थागत उत्तरदायित्व अन्तर्गत झोला, कापी, कलम लगायत शैक्षिक सामग्री वितरण गरेकोमा क्लब परिवारलाई धन्यवाद दिएका थिए । लायन्स क्लवले समाजमा गरेका सेवाका कार्यको बारेमा आफ्ना भनाई राख्दै अधिकारीले बिशेषत: स्वास्थ्य, शिक्षा, वातावरण लगाएतका क्षेत्रमा काम गदै आएको पनि बताएका थिए । राज्यको निकायले गर्नुपर्ने यस्ता कार्यहरुलाई लायन्स क्लबले प्राथमिकतामा राखेर सहयोगी हात बढाएकोमा क्लब परिवारप्रति धन्यबाद व्यक्त गर्दै निरन्तरताको लागि सुझाव दिदै क्लबको उत्तरोत्तर प्रगतिको कामना समेत गरेका थिए ।
जोन चेयरपर्सन सन्तबहादुर लामिछानेले लायन्स क्लबले गरेको सहयोगबाट विद्यार्थीलाई नियमित विद्यालय आउन हौसला मिल्ने बताउदै न्यून आय भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दा अध्ययन जारी राख्न सहयोग पुग्ने भएकाले लायन्स क्लबले अभियानकै रुपमा यस्ता कार्यक्रम निरन्तरता दिने गरेको बताए ।
क्लबका पूर्व अध्यक्ष राजकुमार बि घिमिरेले क्लबका गतिबिधि बारे प्रकाश पार्दै विद्यालय र बिधार्थीको आवश्यकतालाई मध्ये नज़र गर्दै शैक्षिक सामाग्री बितरण गरिएको जानकारी दिए ।
कार्यक्रममा बिधालय ब्यवस्थापन समितिका अध्यक्ष सन्दीप थापा, बिधालयका प्रधानाध्यापक सृजना सिग्देलले क्लबले बिधार्थीको आवश्यकतालाई बुझेर शैक्षिक सामग्री सहित प्राथमिकता स्वास्थ्य औषधी उपलब्ध गराएकोमा क्लब परिवारप्रति आभार व्यक्त गर्दै धन्यवाद व्यक्त गरेका थिए ।
क्लबका सचिव दीपक बिश्वकर्माको संचालनमा रहेको कार्यक्रममा क्लबका पूर्व अध्यक्ष चन्द्रप्रसाद पाण्डे, रूपलाल सुनार, क्लबका पदाधिकारी एवं सदस्यको उल्लेख्य सहभागिता रहेको थियो ।











