59Shares

पोखरा भ्यूज

म्याग्दी । लायन्स क्लब अफ पोखरा अभियानले क्लबको पाँचौं स्थापना दिवसमा बृहत् स्वास्थ्य सिविर संचालन एवं न्यानो कपड़ा वितरण गरेको छ  शनिवार बेनी-९, घतान नेप्टेचौर स्थित राष्ट्रिय मावि प्राङ्गणमा चरक अस्पताल पोखराको सहयोगमा आयोजित  स्वास्थ्य शिविरबाट ६३७ जना लाभान्वित भएका छन् । कार्यक्रममा राष्ट्रिय माविमा अध्ययनरत ६० जना बिधार्थीहरूलाई न्यानो कपड़ा वितरण समेत गरिएको थियो ।

अस्पतालको सम्पूर्ण चिकित्सकीय तथा प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो । शिविरमा जाँचका लागि चरक हस्पिटलबाट डा. प्रदीप काफ्ले, डा. सस्मी मानन्धर, डा. सन्देशप्रकाश पराजुली, गोपाल खनाल लगायत स्वास्थ्यकर्मीको सहभागीता रहेको थियो ।                 लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीको प्रमुख आतिथ्यता, बेनी-९ का वडाध्यक्ष चक्रबहादुर केसीको बिशेष आतिथ्यतामा सम्पन्न शिविरमा मुटु जाँच, मिर्गौला जाँच, उच्च रक्तचाप तथा मधुमेह जाँच, महिला सम्बन्धी रोगका जाँचहरु गरिएको क्लबका अध्यक्ष मातृका पोखरेलले बताए

लायन्स क्लब अफ पोखरा अभियानका अध्यक्ष मातृका पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष एवं लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढ़ुङगाना, कार्यक्रम संयोजक बलबहादुर केसी, क्लबका सचिव विनोदराज आचार्यले क्लबका गतिविधि बारेमा आफ्ना भनाई राखेका थिए

59Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected