83Shares

पोखरा भ्यूज

पोखरा, ७ पुस । अरुणोदय युथ क्लबले बनभोज कार्यक्रमको आयोजना गरी सहयोगी संघसंस्थालाई धन्यवाद ज्ञापन गरेको छ । शनिवार पोखरा, घारीपाटनस्थित उक्त क्लबले पोखरा१६, जोगी मुड़ा राहुल डाँडास्थित पधेरी पार्क रिसोर्टमा बनभोज कार्यक्रमको आयोजना हो ।

क्लबले कार्तिक २७ गते आयोजना गरेको बिजया दशमी, शुभदिपावली, नेपाल सम्बत् बिशेष शुभकामना आदानप्रदान, सम्मान तथा साँस्कृतिक कार्यक्रम सहयोग पुर्रयाउने संघ संस्थाको सम्मान स्वरूप बनभोज सहित धन्यवाद कार्यक्रम आयोजना गरिएको क्लबका उपाध्यक्ष घनश्याम लामिछानेले बताए

क्लबका अध्यक्ष नरेन्द्र गुरूङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा महानगरपालिका वडा नं.  का वडाध्यक्ष राममोहन आचार्य, निवर्तमान अध्यक्ष रामचन्द्र बराल, वडासदस्यहरू क्रमशः बसुन्धरा लामिछाने, अर्जुन थापा, बिष्णुहरि बराल, सुनिता सुनार, आमा समूह/ बा समूहका अध्यक्ष लगाएत विभिन्न सहयोगी संघ संस्थाका अध्यक्ष एवं प्रतिनिधि साथै क्लबका पूर्व अध्यक्ष, क्लब पदाधिकारी एवं सदस्य गरी करिव २ सय जनाको उपस्थिति रहेको क्लबका सचिव बिष्णु सुवेदीले जानकारी दिए ।            

रमाइलो बनभोजमा क्लबका अध्यक्ष नरेन्द्र गुरूङ, उपाध्यक्ष घनश्याम लामिछाने, सचिव विष्णु सुवेदीले क्लबले गरेका वार्षिक गतिबिधि बारे प्रकाश पार्दै प्रत्येक बर्ष क्लबले आयोजना गर्दै आएको यस कार्यक्रमलाई सब्य भव्य रूपमा सफल बनाउन सबैको साथ सहयोग प्रति धन्यवाद सहित आभार व्यक्त गरेका थिए 

सूरज बराईलीको संचालनमा रहेको बनभोजको सांस्कृतिक मनोरन्जनात्क कृयाकलापहरुले कार्यक्रमलाई थप उत्साहित बनाएको थियो । सो अवसरमा घैटो फ़ुटाउने, म्यूज़िकल चेयर जस्ता विभिन्न मनोरंजनात्मक खेलहरू पनि आयोजना गरिएको थियो

83Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected