
9Shares
पोखरा भ्यूज
पोखरा। रगतको अभाव कम हुन नदिन कमलपोखरी बचत तथा ऋण सहकारी संस्थाले रक्तदान सम्पन्न गरेको छ ।
सामाजिक उत्तरदायित्व वहन गर्दै रक्तसंचार केन्द्रको सहकार्यमा सम्पन्न रक्तदानमा १०० प्रिण्ट रगत संकलन भएको कार्यक्रम संयोजक एवं सहकारीका संचालक भवसागर बरालले बताए ।
पोखरा-१३ स्थित सहकारी भवनको प्राङ्गणमा आयोजित कार्यक्रममा १५० जना बढ़ीको रगत परीक्षण समेत गरिको बरालले बताए ।
सहकारीका अध्यक्ष माधबप्रसाद आचार्यको अध्यक्षता नेपाल सरकारका पूर्व सचिव कृष्णप्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहकारीका संचालक सदस्य सहित शेयर सदस्यको उल्लेख्य उपस्थिति रहेको थियो ।
9Shares







© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर















