
पोखरा भ्यूज
१२ पुस, पोखरा । पोखरामा पत्नीको हत्या आरोपमा एक युवक पक्राउ परेका छन् । म्याग्दीको धौलागिरी गाउँपालिका–७, ताकम घर भई हाल पोखरा बस्दै आएका ३६ वर्षीय रत्नबहादुर घर्तीलाई पत्नी हत्या आरोपमा विहीबार प्रहरीले पक्राउ गरेको हो ।
उनले घाँटी थिचेर हत्या गरेको प्रहरी दावी छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ ।











