
पोखरा भ्यूज
११ पुस, काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबलको उपाधि विजेताले ७० लाख रुपैयाँ नगद पुरस्कार पाउने आयोजक संस्थाले घोषणा गरेको छ ।
आयोजक संस्था नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेज्मेन्ट प्रालिले बुधबार पुरस्कारको राशी दोब्बर भएको घोषणा गरेको थियो । पहिलो संस्करणको खेलका विजेताले ३५ लाख रुपैयाँ नगद पुरस्कार दिइएको थियो । दोस्रो संस्करणमा पुरस्कार रकममा शतप्रतिशत वृद्धि गरिएको आयोजकको भनाई छ ।
यस्तै उपविजेताले २० लाख रुपैयाँ नगद पुरस्कार पाउने छ भने प्रतियोगिताको घोषित उत्कृष्ट खेलाडीले २ लाख रुपैयाँ पाउने छन् । यस्तै प्रतियोगिताको शीर्ष गोलकर्ता, प्रतियोगिताको उत्कृष्ट गोलकिपर र प्रतियोगिताको उदीयमान खेलाडीले जनही १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजक संस्थाले बताएको छ ।
अहिलेसम्मको खेलामा धनगढी एफसी एनएसएलको फाइनलमा पुगेको छ । भोलि बिहीबार हुने पोखरा थन्डर्स र ललितपुर सिटीबीचको खेलको विजेता पनि फाइनलमा पुग्नेछ ।











