0Shares

पोखरा भ्यूज्

१३ पुस, काठमाडौं । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएका युवाहरुलेले गरेको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका युवामध्ये एक जनाको मृत्यु भएको छ ।

प्रहरीको गोली लागेर गम्भीर घाइते भएका २३ वर्षीय सुजन राउतको उपचारको क्रममा किस्ट अस्पतालमा मृत्यु भएको हो । लगिएका एक जना गम्भीर घाइतेको मृत्यु भएको हो । अर्का घाइतेको पाटन अस्पतालमा उपचार भइरहेको उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाले जानकारी दिएका छन् ।

प्रदर्शनमा उत्रिएका युवाले ललितपुरको बालकुमारीको सडक अवरुद्ध पार्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार बा २ झ ५८६१ नम्बरको गाडीमा आगजानी गरेका थिए ।

पानी जहाज बनाउने कम्पनीका लागि परीक्षा फर्म भरेका युवाले अन्य क्षेत्रका लागि परीक्षा दिन नमिल्ने ईपीएस कार्यालयले बताएपछि युवाहरुले अन्य क्षेत्रका लागि हुने परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका हुन् ।

पानी जहाजमा परीक्षा दिएका तर अनुत्तिर्णले फर्म भर्न नपाउने निर्णयविरुद्ध युवाहरुले उच्च अदालत पाटनमा रिट परेको थियो । उच्च अदालत पाटनले माघ महिनामा हुने भाषा परीक्षामा सहभागी गराउनू भनी आदेश समेत दिएको छ । तर ईपीएस कार्यालयले अदालतमा रिट दायर गर्नेलाई मात्रै आवेदन दिन आह्वान गरेपछि अन्य युवाहरु प्रदर्शनमा उत्रिए हुन् ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected