23Shares

पोखरा भ्यूज

पोखरा, १५ पुस अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्थाका नव निर्वाचित सञ्चालक समितिको पदस्थापन सम्पन्न भएको छ । शनिवार नव निर्वाचित सञ्चालक समिति लेखा समितिका पदाधिकारी तथा सदस्यहरुले आइतवार पोखरा-१, हरिचोक स्थित सहकारीको कार्यालयमा पदस्थापन गरेका छन्

निर्वाचन समितिका संयोजक बिष्णुप्रसाद अधिकारीले सञ्चालक समिति र लेखा समितिलाई पदस्थापन गराई निर्वाचन पुस्तिका हस्तान्तरण गरेका थिए पदस्थापन कार्यक्रममा निर्वाचन समितिका संयोजक अधिकारीले नया सञ्चालक समिति लेखासमितिका पदाधिकारी तथा सदस्यहरुलाई वधाई ज्ञापन गर्दै सहकारीलाई मुनाफासंगै सामाजिक न्याय स्थापित गर्ने गरी काम गर्न सुझाव दिएका थिए । निर्वाचन समितिका सदस्य टंकराज अधिकारीले सहकारीको मर्म, भावना, लक्ष्य उदेश्य अनुसार सहकारी संचालन गर्न जोड दिए

नयाँ पदस्थापित सहकारीका अध्यक्ष इन्द्रप्रसाद पौडेलले सहकारी स्थापनादेखि हालसम्मको अवस्थामा ल्याउन थुप्रै चुनौतीहरुको सामना गर्नु परेको स्मरण गर्दै आगामी दिनमा थप प्रभावकारी बनाउदै सञ्चालक समितिले सबैसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्वता व्यक्त गरे उनले सहकारीको सञ्चालक समिति लेखासमितिले आफ्नो जिम्मेवारी अनुसार प्रतिवद्ध भएर शेयर सदस्यहरूको भरोसाको केन्द्रका रुपमा विस्तार गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।   लेखा समितिका संयोजक जनकराज पौडेलले लेखा समितिको भूमिकालाई थप प्रभावकारी बनाउँदै अझै सक्रिय रहने प्रतिवद्धता व्यक्त गरे

सहकारीको पुस १४ गते शनिवार सम्पन्न १२औं वार्षिक साधारणसभाबाट इन्द्रप्रसाद पौडेलको नेतृत्वमा ११ सदस्यीय सञ्चालक समिति जनकराज पौडेल संयोजक रहेको सदस्यीय लेखा सुपरिवेक्षण समिति सर्वसम्मत निर्वाचित गरेको थियो

समितिको उपाध्यक्षमा मनपती अधिकारी, सचिवमा बाबुराम भण्डारी, सहसचिव लक्ष्मी अधिकारी र कोषाध्यक्षमा सरिता सुबेदी भण्डारी रहेका छन्

त्यसैगरि, सदस्यहरुमा दुर्गा प्रसाद पौडेल, कृष्णप्रसाद दाहाल (ठुल दाई) नवराज अधिकारी, शान्ती गुरूङ, बिष्णुहरि भुगाई, खगराज अधिकारी साथै, लेखा समिति सदस्यहरुमा कृष्णराज अधिकारी रामेश्वर पौडेल सर्वसम्मत निर्वाचित भएका थिए

23Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected