
पोखरा भ्यूज
पोखरा, १७ पुस । आगामी माघ ५ र ६ गते लमजुंगमा हुने तेस्रो क्याविनेट मिटिङलाई भव्य रूपमा सम्पन्न गर्न पोखरेली लायन्सलाई निम्तो गरिएको छ । तेस्रो क्याविनेट मिटिङमा उल्लेख्य सहभागिताका गराईदिई आयोजकको हौंसला प्रदान गर्नका लागि पोखरेली लायन्सलाई निम्तो दिन पोखरा आएको तेस्रो क्याविनेट मिटिङ मूल आयोजक समितिका संयोजक सुरेश कुमार प्रधानले बताए । तयारी तीव्र गतिले अघि बढ़ेको छ, तयारी कै क्रममा पोखरा क्षेत्रमा रहेका लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका लायन्स लिडरहरूलाई विशेष निमन्त्रणा दिन पोखरा आएको प्रधानले बताए ।
मिटिङ तयारीका लागि सुरेशकुमार प्रधानको संयोजकत्वमा मूल आयोजक समिति गठन गरि विभिन्न १४ वटा उप–समिति गठन गरिएको छ ।
मिटिङका लागि आवश्यक तयारी द्रुत गतिमा अगाडी बढ़ेको सचिवालय उप–समितिका संयोजक किसान संगीतले जानकारी दिए । उनले भने, ‘कार्यक्रमको तयारी द्रुत गतिमा भइरहेको छ, कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न हामी तयारीमा जुटिरहेका छौं।

‘क्याविनेट मिटिङलाई सबै किसिमले उत्कृष्ट बनाउन चाहन्छौं, धेरै भन्दा धेरैको रजिष्ट्रेसन रहोस् भन्ने हाम्रो चाहना छ’ मिटिङका लागि रजिष्ट्रेशन उप–समिति संयोजक एवं लायन्स क्लब अफ लमजुंग टुगेदरका वि क्यानका अध्यक्ष शोभा ठकुरीले भनिन् ‘रजिष्ट्रेसन उप–समितिले आफ्नो कामलाई अगाडी बढ़ाएको छ । प्रि–रजिष्ट्रेशनका लागि बाग्मती क्षेत्रमा धिरज श्रेष्ठ, रामहरी अर्याल, संगिता शर्मा, संगिता थापा के सी र शुशिलकुमार बस्न्यात त्यस्तै, गण्डकी क्षेत्रमा नगेन्द्र राज बराल, हिरा भण्डारी, गंगा बिलास लोहनी, मोहन राज पौडेललाई प्रदान गरिएको छ । संयोजक ठकुरीले भनिन् डिष्ट्रिक्ट अन्तर्गतका सम्पूर्ण क्लबहरूलाई फोनमार्फ़त निमन्त्रणा गर्दै प्रि–रजिष्ट्रेशनका लागि अनुरोध गरे बमोज़िम रजिष्ट्रेसनको काम अघि बढिरहेको छ ।हामी विश्वस्त छौं, उल्लेख्य सहभागितामा तेस्रो क्याविनेट मिटिङ सम्पन्न गर्ने छौं ।
संयोजक प्रधानले सहभागिताका लागि सबैलाई निम्तो दिदै भने ,’यो कार्यक्रम लमजुंगस्थित चार वटा क्लबले आयोजना गरेको भएता पनि सम्पूर्ण लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गतका क्लबहरूको कार्यक्रम हो । त्यसैले, कार्यक्रममा सहभागी भइ दिन सम्पूर्ण लायन्स सदस्यहरुलाई अनुरोध गर्दछौं।’
दुई दिनसम्म चल्ने बैठकले जिल्लाको संस्थागत क्षमता सुदृढिकरण, सामाजिक सेवाका क्षेत्रमा सकरात्मक सन्देशप्रवाह, व्यापार व्यवसायमा गतिशिलता, पर्यटन प्रर्वद्धन तथा समग्र जिल्लाको प्रचारप्रसार प्रर्वद्धन हुने अपेक्षा गरिएको छ । वर्तमान आर्थिक मन्दीको अवस्थामा यस कार्यक्रमले थोरै भएपनि व्यापारी व्यवसायीले राहतको अनुभूति गर्न सक्नेछन् । ग्रामिण पर्यटन, होमस्टे पर्यटन, कृषि पर्यटन, पर्यापर्यटन, धार्मिक, ऐतिहासिक तथा साँस्कृतिक पर्यटन, साहसिक पर्यटन जस्ता पर्यटकीय क्षेत्रको धेरै संभावना भएकाले जिल्लाको प्रचारप्रसार र समग्र पर्यटन क्षेत्रको प्रर्वद्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
जिल्लास्थित चार वटा लायन्स क्लवहरू लायन्स क्लब अफ लमजुङ बेसीशहर, टुगेदर वि क्यान, लमजुङ दरबार र लमजुङ ग्लोवल सिटीको संयुक्त व्यवस्थापनमा सम्पन्न हुने बैठकमा डिष्ट्रिक्ट अन्तर्गतका सम्पूर्ण क्लवबाट करिब १ हजार २ सयको सहभागिता रहने अनुमान गरिएको छ भने बैठकका लागि बेसीशहर नगरपालिका वडा नं ८ स्थित फूलबारी मञ्च परिसरमा तय गरिएको छ । 
मूल आयोजक समितिका संयोजक सुरेश कुमार प्रधानको अध्यक्षता लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका निवर्तमान डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेलको प्रमुख आतिथ्यता डिष्ट्रिक्टका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाको बिशेष आतिथ्यतामा सम्पन्न तयारी भेलामा पोखरा क्षेत्रका लायन्सका सिनियर लिडरसहित क्लब अध्यक्षहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
भेलामा बोल्दै निवर्तमान डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेलले लमजुंग एरियामा लायन्सलाई ब्राण्डिंग गर्नका लागि यो कार्यक्रम कोशेढ़ुङगा सावित हुनेमा विस्वस्त रहेको बताउदै उपस्थित क्लब अध्यक्षहरूलाई प्रि–रजिष्ट्रेसन गर्न अनुरोध गरे । प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाले पोखरा स्थित सम्पूर्ण क्लबको साथ र सहयोग रहने प्रतिबद्वता व्यक्त गर्दै क्लब अध्यक्षहरूलाई क्लब सदस्यहरूको उल्लेख्य सहभागिता गराई फेलोशिप गराउने अवसरको सदुपयोग ग़र्न सुझाएका थिए ।
लायन्स क्लब अफ लमजुङ दरबारका सचिव संचारकर्मी किसान संगीतको संचालनमा रहेको कार्यक्रममा डिष्ट्रिक्ट पिआरओ ईन चिफ शैलेन्द्र मोहन भट्टराई, डिष्ट्रिक्ट को–अर्डिनेटर हरिराज पन्त, सिनियर एडभाईजर मोहनराज पौडेल, लायन्स क्लब अफ पोखरा पिस सिटीका अध्यक्ष युवराज खनाल, आदर्श चौतारीका अध्यक्ष दामोदर आचार्य लगाएतले आयोजकलाई आफ्नो जिज्ञासा सहित महत्वपूर्ण सुझाव दिएका थिए । उपस्थित सम्पूर्णलाई लायन्स क्लब अफ लमजुंग बेशिशहरका प्रथम उपाध्यक्ष रामबहादुर बस्नेत स्वागत सहित तयारी सम्बन्धि विविध पक्षका बारेमा मन्तव्य राखेका थिए ।











