
पोखरा । सर्वसिद्धिधाम पञ्चकोट बागलुङमा हुने अनन्तश्री ब्रह्माण्डीय महायज्ञको लागि कास्की जिल्ला स्तरीय समिति गठन भएको छ । बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा हुने ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ’ को लागि तिर्थबहादुर बस्नेतको अध्यक्षतामा समिति गठन भएको हो । 
समितिको बरिष्ठ उपाध्यक्षमा चण्डिका प्रसाद पौडेल, उपाध्यक्षमा क्रमशः तेज बहादुर भट्टराई, विष्णु प्रसाद पौडेल, रामप्रसाद बस्ताकोटी, शंकर खराल, महासचिवमा नारायण प्रसाद पराजुली, कोषाध्यक्षमा बन्दना केसी, सचिवमा डा. भोला नारायण रेग्मी र डा. भानुभक्त आचार्य रहनु भएको छ ।
त्यस्तै, सदस्यहरूमा क्रमशः शान्ताकुमार श्रेष्ठ, मिलन थापा, केदार सिग्देल, गोकर्ण कार्की, उर्मिला बस्नेत, शारदा सिग्देल, इन्दिरा कोईराला, मिना भट्टराई, अम्बिका ढुङगाना, सावित्री शर्मा, सरिता बास्तोला, मुना पराजुली, राधा कुँवर, तारा कुँवर, सिता भट्टराई, शान्ती सिग्देल लगाएत रहनु भएको छ ।
यसैगरी, शंरक्षकमा शुक्रराज शर्मा, नवराज शर्मा, बिन्दु कुमार थापा, शारदा पौडेल, गणेश बहादुर श्रेष्ठ, लिलाभक्त आचार्य, धनराज आचार्य, कमलनयन गौतम, पवन प्रजापति, डा. नारायण गौतम, तिर्थ श्रेष्ठ, माधव सिग्देल, तुलसा पाण्डे र सल्लाहकारमा गंगाधर पराजुली रहनु भएको छ ।
पवित्र मुक्तिक्षेत्र, शालग्रामबाहिनी कृष्णगण्डकी तट र अन्नपूर्ण, धौलागिरि हिमशृङ्खलाको काखमा अवस्थित प्रसिद्ध पञ्चकोट धाममा मुक्तिनाथ पीठाधीश्वसर स्वामी कमलनयनाचार्यको सङ्कल्पमा आगामी फागुन ९ देखि २२ गतेसम्म सो महायज्ञ गर्न लागिएको हो ।
पञ्चकोट धाम स्थापनाको १०औँ वार्षिकोत्सव पारेर आयोजना गर्न लागिएको यस महायज्ञबाट वैदिक परम्पराको प्रवद्र्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि, सनातन संस्कृतिको संरक्षणका साथै नेपालको धार्मिक पर्यटन विकासमा टेवा पुग्ने मुक्तिनाथ पीठाधीश्वसरस्वामी कमलनयनाचार्यले बताउनुहुन्छ ।
यस महायज्ञका परिकल्पनाकार एवं पञ्चकोटधामका संस्थापक स्वामी कमलनयनाचार्यले प्रसिद्ध मुक्तिक्षेत्र र शालग्रामको महिमालाई विश्वस्तरमा पुर्याउन, गोवंशको संरक्षणार्थ वैदिक सनातन हिन्दू समाजलाई प्रेरित गर्न, नेपालको जलसम्पदाको संरक्षण गर्न र वैदिक सनातन हिन्दू धर्मको रक्षा गरी नैतिक, समुन्नत र सच्चरित्रवान् नेपाली समाजको पुनर्जागरण गर्न नेपालमै पहिलोपटक ब्रह्माण्डीय महायज्ञको आयोजना गरिएको जानकारी दिनुभयो । यसका साथै यो महायज्ञको अर्को प्रमुख उद्देश्य जलसम्पदा संरक्षणको सन्देश विश्वव्यापीरुपमा दिनका लागि जल संरक्षणको प्रतिकस्वरुप पञ्चकोटमा निर्माणाधीन विश्वशान्ति गण्डकी कलशको निर्माणलाई पूर्णता दिने र यस यज्ञबाट बाँकी रहेको रकम पञ्चकोटको सर्वाङ्गीण विकासमा प्रयोग गरिने रहेको उहाँले बताउनुभयो ।










