
पोखरा भ्यूज
पोखरा । लायन्स क्लब अफ पोखरा अर्पणले ॐ शिवशक्ती कल्याणी बाल आश्रममा खाध्यान्न तथा न्यानो कपडा वितरण गरेको छ । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गतको महिला मात्र सदस्य रहेको क्लब पोखरा अर्पणले पोखरा-१९, लामाचौरस्थित आश्रममा खाध्यान्न सहित न्यानो कपडा वितरण गरेको हो ।
क्लबका अध्यक्ष उर्मिला बस्नेतको अध्यक्षता, पोखारा- १९ का वडा सदस्य दुर्गा बस्नेतको प्रमुख आतिथ्यता र डिष्ट्रिक्ट ३२५ आई नेपालका रिजन चेयरपर्सन रेश्मा शेरचन अधिकारीको बिशेष उपस्थितिमा सम्पन्न क़ार्यक्रममा बोल्दै वडासदस्य बस्नेतले असहाय, दिनदुःखीको दुःख पीडामा मलम बन्ने गरेको लायन्सले लक्षित वर्गको लागि गरिने सेवा अत्यन्तै सफल भएको धारण व्यक्त गरेकी थिईन् ।
सहयोग सामग्री ग्रहण गर्दै आश्रमका संरक्षक भवानी थापाले सस्थाको गतिविधि बारे प्रस्तुत गर्दै गरिब, विपन्न, असाहय १४ जना बालबालिका आश्रममा आस्रित रहेको बताईन् । थापाको भनाई अनुसार उनिहरू स्थानीय इन्द्र राज्य मा. बि.को विभिन्न कक्षामा अध्ययनरत छन् ।
क्लबका सचिव कल्पना भण्डारीको संचालन तृतीय उपाध्यक्ष सबिता सापकोटाको स्वागत मन्तव्य रहेको कार्यक्रममा लायन्स क्लब पोखरा पिस टाउनका अध्यक्ष केसी माया नेपाली, स्टार ग्लोरीका अध्यक्ष संगीता पाण्डे, आदर्श चौतारीका अध्यक्ष दामोदर आचार्य, क्लबका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहेको थियो ।







सम्बन्धित खवर















