२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

विन्ध्यवासिनीको रक्तदानमा ७७ युनिट संकलन

पोखरा भ्यूज

पोखरा २६ पुस । पोखराको वाटुलेचौरमा रहेको विन्ध्यवासिनी माध्यमिक विद्यालयमा भएको रक्तदानमा ७७ युनिट रगत संकलन भएको छ ।
विद्यालयको ७७औं वार्षिक उत्सव तथा अभिभावक दिवसको पुर्व सन्ध्यामा विहीवार विहान आयोजित रक्तदान कार्यक्रममा अधिकांश नयाँ रक्तदाता सहभागी भएका थिए।

कार्यक्रमका प्रमुख अतिथी नेपाल रेडक्रस सोसाईटी कास्कीका उपसभापति उर्मिला खड्काले कार्यक्रम संयोजक एवं विद्यालयका सह प्रधानाध्यापक रामवहादुर वाँनियालाई ब्लड व्याग हस्तान्तरण गरी उद्घाटन गरिएको थियो ।कार्यक्रममा वोल्दै खड्काले देशकै नमुना विद्यालयले गुणस्तरीय शिक्षासँगसँगै मानविय कार्यमा समेत महत्वपूर्ण योगदान पुर्याएको भन्दै प्रशंषा गरेकी थिईन् ।

कार्यक्रम संयोजक एवं विद्यालयका सह प्रधानाध्यापक रामवहादुर वानियाको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले मानविय जीवनमा रक्तदानको महत्वपूर्ण भुमिका रहेको वताउँदै नयाँ रक्तदातालाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । रेडक्रसका जिल्ला सदस्य सुवासवावु अधिकारीले मानविय सेवामा रेडक्रसले खेलेको भुमिकाको चर्चा गरेका थिए ।
कार्यक्रममा ५० औं पटक रक्तदान गरेका राम व. वानिया, ४८औं पटक रक्तदान गरेका धर्मराज थापा, ३१औं पटक रक्तदान गरेका नविन्द्र तिमिल्सीना, २८औं पटक रक्तदान गरेका प्रकाश अधिकारी, २४ औं पटक रक्तदान गरेका बैकुण्ठ पौडेल, १९औं पटक रक्तदान गरेका ओम थापा लगायतले नयाँ रक्तदातालाई रक्तदानका लागी प्रोत्साहन गरेका थिए ।कार्यक्रममा सहभागी रक्तदातालाई प्रशंसापत्र प्रदान गरिएको थियो । विद्यालयमा गठित युवा रेडक्रस सर्कलको सहयोग, रक्त संचार केन्द्रको प्राविधीक सहयोगमा भएको कार्यक्रमको संचालन शिक्षक नायक सरिता पौडेल भट्टराईले गरेकी थिईन् ।
यसैविच विहीवारवाटै विद्यालय प्रागंणमा विज्ञान प्रर्दशनी समेत शुरु भएको छ । विद्यार्थीले निर्माण गरेका विज्ञान र प्रविधीसँग सम्वन्धित वस्तुहरु प्रर्दशनीमा राखिएको प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले जानकारी दिए । पुस २७ गते शुक्रवार आयोजना हुने वार्षिकोत्सव कार्यक्रम पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यतामा हुने र सो अवसरमा विभिन्न पुरस्कार सहित व्यक्तिलाई सम्मान गरिने वताइृएको छ ।सामुदायिक विद्यालयमा देशकै पहिलो नमुना विद्यालय वनेको विन्ध्यवासिनी मावि पोखराकै पुरानो विद्यालय मानिन्छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…