पोखरा भ्यूज
पोखरा, पुस २६ । नेपाली काँग्रेस कास्कीका कोषाध्यक्ष एवं उद्योगपति माइकल कर्माचार्यलाई मातृशोक परेको छ । उहाँकी ७० बर्षीय आमा लक्ष्मी सुन्दरी कर्माचार्यको भारतको मेदान्त अस्पतालमा उपचारको क्रममा मंगलबार साँझ निधन भएको पारिवारीक श्रोतले जनाएको छ ।
लामो समयदेखि मृगौला रोगबाट ग्रसित भएपनि पछिल्लो समयमा भने हृदयघातका कारण मृत्यु भएको हो । उहाँका पति चन्द्रकृष्ण कर्माचार्य, एक छोरा माइकल कर्माचार्य, छोरीहरु रेखा र नितु कर्माचार्य रहेका छन् भने दुई नाति र तिन नातिनी छन् ।
स्व.लक्ष्मी सुन्दरी कर्माचार्यका पति चन्द्रकृष्ण कर्माचार्य पोख्रेली औद्योगिक घराना कर्माचार्य ग्रुपका अध्यक्ष हुन् । लेखनाथ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष समेत रहेका उनि नेपाल उद्योग वाणिज्य महासंघको पूर्व केन्द्रिय सदस्य एवं नेपाल लोकतान्त्रिक उद्योग व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष समेत रहेका छन् ।
स्व. कर्माचार्यको पार्थिव शरीर बिहिबार नेपाल ल्याइने र शुक्रबार बिहान रामघाटमा अन्त्येष्टि गरिने पारिवारीक श्रोतले जनाएको छ ।

