२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

मिलनसार सहकारीको १२ औं वार्षिक साधारणसभा सम्पन्न

पोखरा भ्यूज
पोखरा, २८ पुस । मिलनसार सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा एक कार्यक्रमका बीच आज सम्पन्न भएको छ ।
साधारणसभाको पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले उद्घाटन गर्नुुभयो ।
कार्यक्रममा वडा अध्यक्ष अधिकारीले सामाजिक जागरणका क्षेत्रमा सहकारीले महत्वपूणर् भूमिका निर्वाह गर्दै आइरहेको बताउनुुभयो ।
सहकारीहरू उत्पादनसँग जोडिनुपर्ने बताउँदै उहाँले त्यसबाट स्वरोजगार सिर्जना गर्न सकिने बताउनुुभयो ।
सहकारीका अध्यक्ष मनमाया मगरले सहकारीले सदस्यहरूको आर्थिक विकासका लागि सहकारीको मूल्य मान्यतामा आधारित रही उद्यमशीलतामा जोड दिएको बताउनुुभयो । सदस्यहरूलाई बचत र लगानीमा सहयोग पुुर्‍याउँदै यस क्षेत्रको कृषि पशुपालन तथा आयमुलक एवम् उत्पादनमुलक काममा सहयोग पुुर्‍याउने उद्देश्य राखिएको उहाँले बताउनुुभयो ।
कार्यक्रममा समाचार सम्प्रेषणका माध्यमबाट विशिष्ट योगदान पुुर्‍याएको भन्दै राष्ट्रिय समाचार गण्डकी प्रदेशका प्रमुख वासुदेव पौडेललाई सम्मान गरिएको थियो । उक्त अवसरमा सहकारी सञ्चालनको विभिन्न विधामा सहयोग पुुर्‍याउने व्यक्तिलाई पनि सम्मान गरिएको थियो । सहकारीले ज्येष्ठ शेयर सदस्यका रुपमा चन्द्रमाया कामी, चुलमाया गुुरुङ र केशरी माया पौडेललाई सम्मान गरिएको थियो । त्यस्तै असल ऋणितर्फ श्रीमाया फेवाली, प्रेरणा पुन, देवीमाया नेपाली, लक्ष्मीदेवी आचार्य, विष्णुुमाया खत्री, निर्मला लामिछाने र फुुलमाया भुुजेल सम्मानित बन्नुुभएको छ ।
त्यस्तै उत्कृष्ट अनुशासित समूहमा जयकाली आयआर्जन समूह, उत्कृष्ट बालबचत कर्तातर्फ कृञ्जल गुुरुङ र अमन श्रेष्ठ, उत्कृष्ट बचततर्फ सगरमाथा महिला समूह र खरिमा पुुन, बेसार बजार व्यवस्थापनमा विष्णुमाया अधिकारी र शान्तिदेवी अधिकारी, बेसार कुटानी पिसानीतर्फ मनमाया मगरलाई सम्मान गरिएको थियो ।
सहकारीका अध्यक्ष मनमाया मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव विन्दुु चापागाइँले गर्नुुभएको थियो भने स्वागत उपाध्यक्ष सरस्वती अधिकारीले गर्नुुभएको थियो । कार्यक्रममा भरतपोखरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद अधिकारी, भरतपोखरी साना कृषि सहकारी संस्थाका अध्यक्ष रामजीप्रसाद अधिकारी, वडा सदस्य विनोदवावु भण्डारी, चित्रबहादुर गुरुङ, तुुलसीमणि अधिकारी, देवीमाया आचार्य, शिवराज अधिकारी, सहकारीका व्यवस्थापक कणर्कुमारी महत लगायतले बोल्नुुभएको थियो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…