8Shares

पोखरा भ्यूज
काठमाडौं, १ माघ । पौडेल वंश महासंघको यही पुस २७ र २८ गते बाँके जिल्लाको कोहलपुरमा सम्पन्न दोस्रो महाधिवेशनले हरिराम पौडेल(कास्की)को नेतृत्वमा केन्द्रीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा शालिग्राम पौडेल(चितवन), महिला उपाध्यक्षमा जमुना पौडेल(सर्लाही) र उपाध्यक्षमा विजय पौडेल(मोरङ) रहेका छन् । प्रदेश उपाध्यक्षहरूमा कमलप्रसाद पौडेल(कोशी), गोविन्दप्रसाद पौडेल(मधेश), दिपकप्रसाद पौडेल(बागमती), शारदा पौडेल(गण्डकी), शालिकराम पौडेल(लुम्बिनी), नरहरि पौडेल(कर्णाली), दुर्गाप्रसाद पौडेल(सुदुरपश्चिम) रहेका छन् । त्यस्तै महासचिवमा उद्धवप्रसाद पौडेल(सुनसरी), सचिवमा रामप्रसाद पौडेल(काठमाडौं), कोषाध्यक्षमा युवराज पौडेल(बाँके), सहसचिवमा चन्द्रमणि पौडेल(म्याग्दी) र सहकोषाध्यक्षमा बेनुप्रसाद पौडेल(सुनसरी) रहेका छन् ।
त्यस्तै लेखा समितिको संयोजकमा अमृतप्रसाद पौडेल(बाग्लुङ) र सदस्यद्वयमा रिषीराम पौडेल(चितवन) र नेत्रप्रसाद पौडेल(झापा) रहेका छन्। सदस्यहरूमा सुदुरपश्चिमबाट सुशीला पौडेल, बमलाल पौडेल, शिवप्रसाद पौडेल र सूर्यप्रसाद पौडेल, कर्णालीबाट हरिप्रसाद पौडेल, कृष्णप्रसाद पौडेल र दुर्गाप्रसाद पौडेल, लुम्बिनीबाट लिलाकुमारी पौडेल, रामचन्द्र पौडेल, प्रेमप्रसाद पौडेल र काशीप्रसाद पौडेल, गण्डकीबाट देवीलाल पौडेल पाध्या, रुद्रप्रसाद पौडेल, प्रा.डा.दुर्गादत्त पौडेल, प्राडा.कृष्णप्रसाद पौडेल, छत्रधर आत्रेय पौडेल, चन्द्रमणि उपाध्याय पौडेल, रामचन्द्र पौडेल र भरतराज शर्मा पौडेल छन् । त्यस्तै मधेश प्रदेशबाट नारायणदत्त पौडेल, रामबहादुर पौडेल, जनकप्रसाद पौडेल र सन्तोष पौडेल कोशी प्रदेशबाट रामकुमारी पौडेल, ज्ञानप्रसाद पौडेल, युवराज पौडेल, वेदनिधि पौडेल, श्यामकुमार पौडेल, राधाकृष्ण पौडेल, नारायणप्रसाद पौडेल र गणेशप्रसाद पौडेल बागमती प्रदेशबाट नारायण पौडेल, कुलकुमारी पौडेल, बनमाली पौडेल, कृष्णगोपाल पौडेल, नवराज पौडेल, सुमन पौडेल, वासुदेव पौडेल र अग्नी पौडेल रहेका छन् ।
निर्वाचनका लागि पुरुषोत्तम पौडेलको संयोजकत्वमा अनन्त पौडेल, मनोज पौडेल, रुद्रमणि पौडेल र बाबुराम अधिकारी रहेको निर्वाचन समिति गठन गरिएको थियो ।
नवनिर्वाचित अध्यक्ष हरिराम पौडेलले बन्धुहरूबीच आपसी भाइचारा अभिबृद्धि गर्दै राष्ट्रिय हितका साथै सबैको कल्याण, उन्नति र प्रगतिमा महासंघले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए । अधिवेशनले पौडेलहरू मूल मन्त्र “पौडेल थर, हाम्रो साझा घर” पारित गरेको छ ।
संस्थापक अध्यक्ष लोकनाथ पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका रजिष्टार प्रा.माधव अधिकारी प्रमुख अतिथिका रुपमा रहेका थिए । कार्यक्रममा स्वदेशी र विदेशी गरी ७५० जना प्रतिनिधि र पर्यबेक्षक सहभागी थिए । महाधिवशेनले चितवनमा केन्द्रीय कार्यालय र काठमाडौंमा सम्पर्क कार्यालय स्थापना गर्ने निणर्य सहित बंशावली निर्माण एवम् कुलपूजा विधि सम्बन्धी पुस्तक प्रकाशन गर्ने निणर्य गरेको छ ।

8Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected