
पोखरा भ्यूज
पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको दोस्रो राष्ट्रिय महाधिवेशन आउँदो चैत्र तीन गते काठमांडौमा हुने भएको छ । डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीले लायन्सका संस्थापक मेल्विन जोन्सको १४५औं जन्मदिनको अवसरमा गत शनिवार काठमांडौमा आयोजित एक कार्यक्रममा महाधिवेशन मिति घोषणा गरी हस्ताक्षर समेत गरेका छन् ।
कार्यक्रममा एलसिआईएफमा (एमजेएफ) योगदान दिएका लायन्स लिडरहरूलाई सम्मान समेत गरिएको छ । उनिहरूलाई गभर्नर केसी र कार्यक्रमका प्रमुख अतिथि एलसिआईएफ एरिया लिडर राजन लम्साल लगाएतका लिडरहरूद्वारा सम्मान गरिएको थियो ।
राष्ट्रिय सभा गृहमा सम्पन्न हुने महाधिवेशनमा काठमाडौं लगाएत ११ जिल्लाका सबै लायन्स क्लब र लियो क्लबबाट करिव २ हजार बढ़ी लायन्स सदस्यको सहभागीता रहने गभर्नर केसीको दावी छ । डिष्ट्रिक्ट ३२५ आई नेपाल लायन्स अन्तर्राष्ट्रियबाट अवार्डेड डिष्ट्रिक्ट रहेको र सबैको विश्वास जितेको डिष्ट्रिक्ट भएकोले पनि सो सम्मेलनलाई भव्य बनाउने तयारी रहेको गभर्नर केसीले बताए ।
महाधिवेशन तयारीका लागि लायन्स क्लब अफ काठमांडौ मिड टाउनका पूर्व अध्यक्ष एवं वर्तमान डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी महेश पाण्डे कन्भेनर रहेको विभिन्न १९ वटा उपसमिति गठन गरिएको छ । यसलाई सघाउन प्रत्येक उपसमितिमा पाँच/पाँच जना सदस्य समावेश गरिएको कन्भेनर पाण्डले बताए ।
महाधिवेशनबाट लायन्स वर्ष २०२४/२५ को लागि नयाँ डिष्ट्रिक गर्भनर, फस्ट भाइस डिस्ट्रिक गर्भनर र सेकेन्ड भाइस डिष्ट्रिक गर्भनर लगायत डिष्ट्रिक्टका पदाधिकारीको चयन हुनेछ ।
डिष्ट्रिक्ट गभर्नर चन्द्र कुमार केसीको अध्यक्षता एलसिआईएफ एरिया लिडर राजन लम्सालको प्रमुख आतितथ्यतामा सम्पन्न कार्यक्रममा, निवर्तमान डिष्ट्रिक्ट गभर्नर राम बहादुर बसेल, प्रथम र द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नरद्वय बिनोद ढुङगाना र पार्वती खरेल पाण्डे, पिएमसीसी मनबहादुर रोका, पूर्व डिष्ट्रिक्ट गभर्नर इन्दु लम्साल लगाएत डिष्ट्रिक्टका सिनियर लायन्स लिडरहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
सो अवसरमा अधिकांश लायन्स लिडरहरूले दोस्रो राष्ट्रिय महाधिवेशनले भावी लिडरशिप र भावी कार्यक्रम तय गर्ने बताउदै सुरुवातीको बर्षदेख़ि हालसम्म जसरी डिष्ट्रिक्टले विश्व लायनवादमा ईतिहास रचेको छ, यसलाई कायम राखी राख्न चुनौती थपिएको आशय व्यक्त गरेका थिए ।







सम्बन्धित खवर
















