46Shares

पोखरा भ्यूज

लमजुङ । डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याविनेट पदाधिकारीहरूको पहिलो दिनको बैठक लमजुङमा सम्पन्न भएको डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीको अध्यक्षता लायन्स अन्तर्राष्ट्रियका एलसिआईएफ एरिया लिडर राजन लम्सालको प्रमुख आतिथ्यतामा बरान्डा रेष्ट्रो एण्ड इभेन्ट्स्मा सम्पन्न पहिलो दिनको बैठकमा क्याविनेटका सिनियर लायन्स लिडरहरूको उपस्थिति रहेको थियो

दुई दिनसम्म संचालन हुने बैठकको पहिलो दिनमा डिष्ट्रिक्टले सात महिनाको अवधिमा गरेको कार्यसम्पादनको मुल्याङकन, गतिविधिहरुको समीक्षा भावी रणनीति बारे लायन्सका बिभिन्न पदाधिकारी बीच छलफल भएको थियो ।                  

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एलसिआईएफ एरिया लिडर राजन लम्सालले लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल मल्टीपलमा उत्कृष्ट रहेको जनाउदिदै जे जे उपलब्धि भएका छन्, ति सबै उपलब्धिलाई टेकेर अर्को बर्ष थप बढि उपलब्धि हासिल गर्नुपर्ने बताए देशको विकास संवृद्धिमा लायन्सले अघि सारेका समाजसेवाका कार्यहरु अतिनै प्रशंसनीय रहेको बताउदै लम्सालले लायन्सहरुले समाज सेवाको लागि मन,बचन कर्मले कार्य गरेको बताए

अध्यक्षताको आसनबाट बोल्दै डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीले डिष्ट्रिक्टले ल्याएका वार्षिक कार्यक्रम कार्यकाल सुरू गरेको आधा बर्षमा सत प्रतिशत कार्यान्वयनमा आएकोमा प्रसन्नता व्यक्त गर्दै सबैप्रति आभार व्यक्त गरेका थिए ।                      

पिएमसिसी मनबहादुर रोकाले लायन्सहरुको जत्तिकै सबैको मन लगाब हुने हो भने संवृद्ध मुलुकको सपना साकार पार्न गाह्रो नहुने भनाई राखेका थिए ।
कार्यक्रममा प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगाना, द्वित्तीय भाइस डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेले डिष्ट्रिक्टले महत्वपूर्ण कार्यहरु सम्पन्न गरेको बताउदै लायन्सका गतिविधिमाथि थप प्रकाश पारेका थिए

त्यस अवसरमा क्याविनेट सेक्रेटरी महेश पाण्डे क्याविनेट ट्रेजरर सन्तोष रावलले सात महिनामा सम्पन्न भएका कार्यक्रम भावी रणनीतिबारे प्रतिवेदन प्रस्तुत गरेका थिए
बैठकमा डिष्ट्रिकका पदाधिकारी रिजन जोन चियरपर्सनहरुले आफ्ना जिम्मेवारी भावी कार्यनितिका वारेमा क्याविनेट पदाधिकारीलाई जानकारी गराएका थिए शनिवार भने डिष्ट्रिक्ट अन्तर्गतका सम्पूर्ण सदस्य सम्मिलित फ़ेलोशिप बैठक हुने

बैठकको सम्पूर्ण तयारी पूरा भएको  शनिवार हुने कार्यक्रमको शेड्यूल बारे तेस्रो क्याविनेट बैठक मूल आयोजक समितिका संयोजक सुरेश कुमार प्रधानले जानकारी गराएका थिए  बैठकमा करिब एक हजार एकसय जनाको सहभागिता रहने अनुमान गरिएको  भने नौ सय जनाले प्री रजिष्ट्रेसन गरिसकेका छन् ।   

लमजुङस्थित चार वटा लायन्स क्लवहरूलायन्स क्लब अफ लमजुङ बेसीशहर, टुगेदर वि क्यान, लमजुङदरबार लमजुङ ग्लोवल सिटीको संयुक्त व्यवस्थापनमा सम्पन्न हुदैछ शनिवार सम्पन्न हुने बैठकका लागि बेसीशहर नगरपालिका वडा नं स्थित फूलबारी मञ्चमा हुनेछ

46Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected