68Shares

पोखरा भ्यूज
पोखरा, ५ माघ । पोखरामा झण्डै साढे दुई दशकदेखि निरन्तर सञ्चालित ‘आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता’ को पोखरा महानगरपालिका संरक्षक बनेको छ ।
सहारा क्लब पोखरा आयोजनामा २०५७ को क्याराभानदेखि २३ औं संस्करणको आहा रारा पोखरा गोल्डकपसम्म आइपुग्दा यसको चिनारी सीमापारसम्म फैलिएको छ । यो नेपालमा संचालित फुटबल प्रतियोगितामध्ये नियमित संचालित एकमात्र प्रतियोगिता हो ।
यसैबीच, पोखरा महानगरपालिकाको २५ औं कार्यपालिका बैठकले ‘पोखरा गोल्डकप’ नामकरण गरी आयोजकले यसको संरक्षकत्व ग्रहण गर्न अवसर दिएकोमा हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।
उता, सहारा क्लब पोखराको शुक्रबार नै बसेको कार्यसमिति बैठकले पनि महानगर संरक्षक बनेकोमा हार्दिक आभार व्यक्त गरेको छ । बैठक क्लब अध्यक्ष केशवराज बरालको अध्यक्षतामा बसेको थियो ।
यही माघ ९ देखि २० सम्म पोखरा रंगशालामा सञ्चालन हुने फुटबल प्रतियोगितामा यसपालि १२ टिमले भाग लिएका छन् । २०६१ सालदेखि आवासीयरुपमा निशुल्क स्वास्थ्य, शिक्षा, दीक्षा लगायत फुटबल प्रशिक्षण दिँदै आएको क्लबले पोखरा १७, दोबिल्लामा सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी संचालन गर्दै आएको छ । हाल चौंथो ब्याचमा बालक भर्ना भएका छन् ।
प्रतियोगितामा १ करोड ८६ लाख आम्दानी र १ करोड ४९ लाख खर्च हुने आयोजकको अनुमान छ । बचत रकम सहारा एकेडेमीमा खर्च गरिने आयोजकले जनाएको छ । विभिन्न संघसंस्थाको सहयोग रहेको प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालि हो ।

68Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected