20Shares

पोखरा भ्यूज
पोखरा, ५ माघ । राष्ट्रिय सभा निर्वाचन २०८०  चुनाव प्रचारप्रसार समिति सत्तापक्षीय गठबन्धन गण्डकी प्रदेशले आज स्याङ्जामा मतदाता भेटेका छन् ।
सत्ता गठबन्धनका तर्फबाट गण्डकी प्रदेशमा नेपाली काँग्रेसका किरणबाबु श्रेष्ठ(गोरखा) र पदमबहादुर परियार(तनहुँ) एवम् नेकपा माओवादी केन्द्रबाट मनरुपा शर्मा (पर्वत) लाई उम्मेदवारका रुपमा अघि सार्दै चुनावी अभियान अन्तर्गत आज स्याङ्जामा कार्यक्रम गरिएको हो ।
स्याङ्जामा आयोजित कार्यक्रममा उम्मेदवारहरूले संविधानले निर्दिष्ट गरेका अधिकार अनुरुप राष्ट्रिय सभाको भूमिकालाई प्रभावकारी बनाउन आफ्नो उम्मेदवारी भएको बताए ।
नेपाली काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले राष्ट्रिय सभाको निर्वाचनको परिणम देश र जनताका लागि उपलब्धिपूर्ण बन्नुपर्ने बताउँदै गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे ।
नेपाली काँग्रेस स्याङ्जाका सभापति राजु थापाको सभापतित्व एवम् नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक लोकेन्द्र थापा मगरको सञ्चालनमा भएको कार्यक्रममा उम्मेदवारको परिचय नेपाली काँग्रेसका महामन्त्री विष्णु लामिछानेले गराएका थिए भने नेकपा मोअ‍ेवादी केन्द्रका नेता एवम् संविधानसभा सदस्य गुणाखर बस्याल लगायतले बोलेका थिए ।
गठबन्धन दलका तर्फबाट गण्डकी प्रदेशका नवलपुर, गोरखा, लमजुङ, तनहुँ, स्याङ्जामा मतदाता भेटघाट सम्पन्न गर्दै बाँकी जिल्लामाघ ६ गते म्याग्दी र बाग्लुङ हुदै आगामी ९ गतेसम्मका लागि कार्यक्रमहरू तय गरिएको नेपाली काँग्रेस गण्डकी प्रदेश प्रचारप्रसार विभागका उपप्रमुख शिरोमणि बरालले जानकारी दिए ।

20Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected