
पोखरा भ्यूज
लमजुङ । योगी डा.बिकासानन्दले संसारलाई बदल्नका लागि सुरुवात आफैबाट थाल्नुपर्ने बताएका छन् । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको लमजुङमा सम्पन्न तेस्रो क्याविनेट बैठकलाई सम्बोधन गर्दै योगी बिकासानन्दले उक्त कुरा बताएका हुन् । की नोट स्पीकर समेत रहेका योगीले मानिसहरु मानसिक, शारीरिक सम्बन्धलाई सुमधुर बनाउने र सम्पत्ति आर्जन गर्ने ध्यानमा सबै समय विताइरहेको र ती कुराहरु प्राप्त नर्गदा सधैदुखी हुने गरेको बताएका थिए ।
लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीको अध्यक्षता लायन्स अन्तर्राष्ट्रियका एलसिआईएफ एरिया लिडर राजन लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा योगी डा.बिकासानन्द र लोक दोहरी गायक राजु परियारलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर केसीले सामाजिक कार्यमा उत्कृष्ट कार्य गर्ने क्लबका अध्यक्ष एवं पदाधिकारी सहित डिष्ट्रिक्टका पदाधिकारीलाई गभर्नर मेडल तथा प्रशंशा–पत्र प्रदान हरि सम्मान गरिएको थियो । 
लायन्स अन्तर्राष्ट्रियको नियम अनुसार प्रत्येक ३/३ महिनामा डिष्ट्रिक्टको क्याबिनेट बैठक सम्पन्न हुने गर्दछ । र, हरेक बैठकमा उक्त अवधिमा भएका कार्यहरुको समीक्षा गर्दै आगामी महिनाका लागि योजना निमार्ण गर्ने गरिन्छ ।
कार्यक्रममा लायन्स डिष्ट्रिक्ट ३२५ एच नेपालका डिष्ट्रिक्ट गभर्नर शम्भुराम थापा, डिष्ट्रिक्ट ३२५ आई नेपालका पूर्व डिष्ट्रिक्ट गभर्नरहरु मनबहादुर रोका, रामबहादुर बसेल, इन्दु लम्साल, डिष्ट्रिक्टका प्रथम र भाईस डिष्ट्रिक्ट गभर्नरद्वय बिनोद ढुङगाना र पार्वती खरेल लगाएतले सम्बोधन गरेका थिए ।
डिष्ट्रिक्ट ३२५ आई नेपालका क्याविनेट सेक्रेटरी महेश पाण्डेका अनुसार सो क्याबिनेट बैठकमा १ हजार जना लायनहरुको सहभागिता रहेको थियो ।
लायन्सको डिष्ट्रिक्ट ३२५ आई नेपालले काठमाडौं हुँदै काभ्रे, नुवाकोट हुँदै पश्चिम गण्डकी र धवलागिरी क्षेत्र ओगटेको छ ।
लमजुङस्थित चार वटा लायन्स क्लवहरू, लायन्स क्लब अफ लमजुङ बेसीशहर, टुगेदर वि क्यान, लमजुङदरबार र लमजुङ ग्लोवल सिटीको संयुक्त व्यवस्थापनमा उक्त क्याविनेट बैठक सम्पन्न भएको हो ।







सम्बन्धित खवर















