पोखरा भ्यूज
पोखरा । भाषा संघ नेपालको आठौं साधारण सभा एवं पाँचौं अधिवेशनले सृजन भान्साकार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । मंगलवार सम्पन्न अधिवेशनले समितिको प्रथम उपाध्यक्षमा मोती प्रसाद श्रेष्ठ, द्वितीय उपाध्यक्षमा सबिता शेरचन चयन भएका छन् भने महासचिवमा बालकृष्ण शर्मा, सचिवमा सबिन गौतम र कोषाध्यक्षमा कृष्णप्रसाद आचार्य सर्वसम्मत चयन भएका छन् ।
त्यसैगरी समितिको सदस्यहरुमा पूर्णकुमारी गुरुङ, लक्ष्मण पहारी, शंकरलाल श्रेष्ठ र पूर्ण गुरूङ चयन भएका निर्वाचन अधिकृत इबिन्द्रराज तिवारीले जानकारी दिए ।

भाषा संघ नेपालका अध्यक्ष पूर्णचन्द्र न्यौपानेको अध्यक्षता जाईका नेपालमा लामो समय काम गरेका पोखरा मत्स्य पालन परियोजनाका पूर्व एक्वाकल्चर विशेषज्ञ वादा मासाओको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा इक्यानका केन्द्रिय उपाध्यक्ष भुवन क्षेत्री, इक्यान कास्कीका अध्यक्ष रमेश थापा, भाषा संघ नेपालका पूर्व अध्यक्ष प्रकाशकुमार श्रेष्ठ लगाएतले वैदेशिक शिक्षामा देखिएका बेथिति बारेमा आ–आफ्ना अनुभव शेयर गरेका थिए ।
भाषा संघ नेपालका संस्थापक अध्यक्ष युवराज खनालले संस्थाले गरेका हालसम्मका प्रगति तथा भावी चुनौती बारे आफ्नो राय प्रस्तुत गरेका थिए ।

