२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

भारतीय पेन्सन क्याम्प पोखराले ७५औं गणतन्त्र दिवस विविध कार्यक्रमसहित मनायो

पोखरा भ्यूज

पोखरा । भारतीय पेन्सन क्याम्प पोखराले ७५औं गणतन्त्र दिवस मनाएको छ । सुक्रवार पोखरा रामबजारस्थित भारतीय पेन्सन क्याम्पमा विविध कार्यक्रम गरी आफ्नो ७५ औं गणतन्त्र दिवस मनाएको हो ।

भारतीय पेन्सन क्याम्प पोखराका प्रमुख प्रशान्त सिंह बघेलले भारतीय सरकारले नेपाल र नेपालीका लागि साथै सेवानिवृत्त सैनिकहरूलाई सहयोग गर्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै थप सहयोग गर्ने योजना रहेको धारणा राखेका थिए । भारत सरकारले सेना निवृत्त सैनीक आश्रित परिवारको शिक्षा र स्वाथ्य पहिलो प्राथमिकता रहेको पनि कार्यक्रममा जानकारी दिए । 

विश्वमा फैलदै गएको प्रदुषण र पर्यावरण प्रति चासो राख्दै दुतावासले यो वर्षलाई स्वस्छता हस्ताक्षर अभियान वर्षका रुपमा पनि संचालन गरेको छ । विकास संरचामा मात्रै आधारित नभई मानव विकास र स्वस्थ्य वातावरणमा हुर्कन र रम्न पाउने अधिकार पनि विकास भएको भन्दै यो अभियानमा सहभागि हुन सवैलाई अनुरोध पनि गरे । उनले भारत सरकारको यो कदम भारतीय जनतामा मात्रै केन्द्रित नभई विश्वभर नै सवै सचेत हुन पनि प्रमुख बघेलले अनुरोध थियो । 

क्याम्पले नेपालमा बसोबास गरिरहेका भूतपूर्व सैनिकहरुका लागि भारत सरकारको कल्याणकारी पहलहरू समावेश गरिएको भूपू–२०२४ पत्रिकाको लोकार्पण पनि गर्‍यो । सो अवसरमै क्याम्पले भारतको ७५औँ गणतन्त्र दिवसको अवसरमा सरोकारवाला विद्यार्थीहरुलाई एमविविएस तथा स्कुल स्तरको अध्यनका लागि आवस्यक छात्रवृद्धि वितरण गरेको थियो । 

कार्यक्रममा नेपाल भारत मैत्री विद्यालय पोखराका विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुति प्रस्तुत गरेका थिए । सन् १९५० मा आजकै दिन (जनवरी २६) मा भारत गणतन्त्र घोषित भएको थियो । ब्रिटिस उपनिवेशबाट १९४७ को अगस्ट १५ मा स्वतन्त्र भएको भारतमा सन् १९५० को जनवरी २६ मा नयाँ संविधान जारी भएसँगै भारत सार्वभौम, लोकतान्त्रिक र गणतन्त्रात्मक राष्ट्र घोषित भएको थियो । भारतको संविधानसभाले १९४९ को नोभेम्बर २६ मा अपनाएको संविधानले ‘भारत सरकार ऐन–१९३५’ लाई विस्थापित गरेसँगै भारत गणतन्त्रको युगमा प्रवेश गरेको हो । त्यसयता भारतले हरेक वर्ष जनवरी २६ लाई गणतन्त्र दिवसका अवसरमा मनाउँदै आएको छ। राजेन्द्र प्रसाद भारतको पहिलो राष्ट्रपति हुन् ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…