23Shares

पोखरा भ्यूज
पोखरा । पोखरा उद्योग वाणिज्य संघअन्तर्गत संचालित सामाजिक विकास केन्द्रले पोखराका १९ वटा सरकारी तथा सामुदायिक विद्यालयमा अध्यरत ३२५ जना विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री सहयोग गरेको छ । तीमध्ये १८१ जना बालिकाहरु रहेका थिए ।
केन्द्रले विद्यार्थीहरुलाई स्वीटरसहित स्टेसनरी एवं झोला प्रदान गरेको सामाजिक विकास केन्द्रकी लेखा प्रमुख सरिता ताम्राकारले जानकारी दिइन् । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमा प्रजापति, पूर्वअध्यक्ष तथा सामाजिक विकास केन्द्र संयोजक राजेन्द्रकुमार लालचन, वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, कोषाध्यक्ष दीनेश बास्तोला, उपमहासचिव शोभा गौतमलगायतले विद्यार्थीहरुलाई ती सामग्रीहरु हस्तान्तरण गरे ।
सो अवसरमा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले पढ्न पाउने अधिकारको सुनिश्चिततासहित उनीहरुको आवश्यकता पूर्तिको लागि यस्ता पुनित कार्यहरुलाई निरन्तरता दिने बताए ।
सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत न्यून आय भएका परिवारका सदस्य विद्यार्थीहरुलाई सामाजिक उत्तरदायित्वबहन गर्दै ती सामग्री प्रदान गरिएको सामाजिक विकास केन्द्रका संयोजक राजेन्द्रकुमार लालचनले बताए ।
स्टेसनरी तथा न्यानो कपडा वितरण कार्यक्रमकी संयोजक प्रिति पाण्डेले अधिकांश बालबालिकाको आवश्यकता हेरेर नै सहयोग सामग्री प्रदान गरिएको जानकारी गराइन् र
सामाजिक विकास केन्द्रका सुपरभाइजर सफल बरालले शैक्षिक सत्रको सुरुमा पनि १४२ जना छात्रासहित २४७ जनालाई शैक्षिक सामग्री सहयोग गरिएको स्मरण गरे । उनका अनुसार लायन्स क्लब अफ पोखरा ब्यूटी र लेकसिटीसँगको सहकार्यमा थप एक सय जना बालबालिकालाई पनि स्टेसनरी सामग्री वितरण गरिएको थियो ।

23Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected