5Shares
पोखरा भ्यूज

पोखरा । पोखराको बाटुलेचौरमा रहेको बिन्ध्यबासिनी माध्यमिक विद्यालय पोखरा महानगरपालिकाका सामुदायिक विद्यालय मध्ये  उत्कृष्ट सहित प्रथम हुन सफल भएका छ ।

शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ERO )को परीक्षणमा नेपाल भर प्रथम, शिक्षा विकास तथा मानवस्रोत विकास केन्द्रको परीक्षणमा नेपालभरि दोस्रो भएको सो विद्यालय पोखरा महानगरपालिका शिक्षा महाशाखा पोखराद्वारा २०७९ को एसइइ परीक्षाको नतिजा विश्लेषण गर्दा पोखरा महानगरपालिकामा संचालित ७९ ओटा सामुदायिक माध्यमिक विद्यालयमा औसत जिपिए ३.१८ प्राप्त गरी महानगर भित्रका सामुदायिक विद्यालयमा उत्कृष्ट नतिजासहित प्रथम भएको हो । त्यस्तै पोखरा १२ मा संचालित अमरसिंह माविले ३.०८ जिपिए प्राप्त गरी दोस्रो र पोखरा १२ मै रहेको सितला मा वि ३.०७ जिपिए प्राप्त गरी तृतीय स्थान प्राप्त गर्न सफल भएको बताइएको छ। शिक्षा विकास तथा समन्वय इकाई कास्कीको नतिजा विश्लेषणमा पनि प्रथम, द्वितीय र तृतीय क्रमश विध्यवासिनी मावि, अमरसिंह मावि, सितला मावि नै परेका छन भने कम्तिमा ५० जना परीक्षार्थी समावेस भएका सामुदायिक विद्यालय मध्ये माछापुच्छ्रे मावि भुर्जुङ्गखोलाले २.९५   जिपिए सहित चौथो स्थान प्राप्त गरेको छ । लगातार उत्कृष्ट नतिजा ल्याउन सफल बिन्ध्यबासिनी माविमा प्रयाप्त खेलकुद मैदान नहुँदा थोरै अकंले केन्द्रको मुल्यांकनमा प्रथम हुन रोकिएको हो ।
पर्याप्त खेलकुद मैदानको व्यवस्था गर्न विद्यालय व्यवस्थापन समितिलाई स्थानीय सरोकारवालाले सुझाव समेत दिएका छन्। स्थानीय चण्डीका आधारभूत विद्यालयलाई मर्ज गर्ने निर्णय सहित तयारी गरेको विद्यालयमा हाल १ हजार ३ सय बढी विद्यार्थी अध्ययनरत छन्।
5Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected