पोखरा भ्यूज
१८ माघ, काठमाडौं । ९ जना अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध संगठित रुपमा मानव तस्करी गरेको आरोपमा जिल्ला अदालत, काठमाडौंमा मुद्धा दायर भएको छ । उनीहरुमाथि भिजिट भिसाको नाममा मानव तस्करी गरेको आरोप छ । उक्त आरोपमा संलग्न रहेकामध्ये १२ जनालाई फरार प्रतिवादी बनाइएको छ । तीमध्ये ८ जना सरकारी कर्मचारी छन् ।

विमानस्थलमा अध्यागमन कार्यरत रहेर हाल राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत ताराबहादुर कुँवर, अध्यागमन अधिकृत कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णुप्रसाद अर्याल, विकास डंगोल, पिताम्बर रिमाल र सुजन फागो लिम्बुलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर भएको जिल्ला सरकारी वकिलाको कार्यालय, काठमाडौंले बताएको छ ।


अध्यागमन अधिकृत नरवीर खड्कालाई २६ कात्तिक २०८० मा पक्राउ परेका थिए । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो । नरवीर र ताराबहादुर कुँवरसँग सेटिङ गरेर विचौलियाले युवालाई खाडी मुलुक पठाएको अनुसन्धानमा संलग्न अधिकृतहरुको अनुसन्धान प्रतिवेदनबाट खुलेको छ । ‘





