20Shares

पोखरा भ्यूज

पोखरा । पोखरामा जारी २३ औं संस्करणको आहा रारा पोखरा गोल्ड कप फुटवलमा चर्च ब्वाइज युनाइटेड क्लवलाई पराजित गर्दै बिभागिय टोली त्रिभुवन आर्मी क्लव फाईनलमा प्रबेश गरेको छ ।

पोखरा रंगशालामा विहिबार भएको दोश्रो सेमिफाइनल खेलमा आर्मीले चर्च व्वाईज यूनाईटेड क्लबलाई अतिरिक्त समयमा २–१ को गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

९० मिनेटको निर्धारित समयमा दुबै तर्फ १-१ गोल भए पछि खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको हो । आर्मीको जितमा दिनेश हेन्जन र अतिरिक्त समयमा रस बहादुर मगरले एक÷एक गोल गरे भने चर्च व्वाइजका समिर तामाङले एक गोल गरे ।

खेलको ६१ औं मिनेटमा चर्च व्वाईजका सन्तोष खत्रीले जितेन्द्र कार्कीलाई लडाए पछि पाएको फ्रिकिकको अवसरलाई करिब २५ यार्डबाट हेन्जनले प्रहार गरेको फ्रिकिक वलले जाली चुमेको हो ।

खेलको ८३ औं मिनेटमा चर्च व्वाईजका समीर तामाङले गोल गरि खेल बराबरीमा पुर्याए । आर्मीका जितेन्द्र कार्की र गोलरक्षक समित श्रेष्ठलाई विट गर्दै समीरले फ्रष्ट वार च्याप्दै गोल गरे । पहिलो हापमा दुबै तर्फ बराबरीमा खेल पुगे पछि निर्णायकको लागि १५–१५ मिनेट थपिएको हो ।

आर्मीका रस बहादुर मगरले खेलको ९९ मिनेटमा गोल गरे । वसन्त जुम्बाको क्रस बलमा मगरले गोल गरे ।

आर्मीले थ्रि स्टारसंग उपाधिको लागि शनिवार फाईनल खेलमा भिड्ने भएको छ । थ्रिस्टारले प्रिक्वाटरमा आयोजक सहारा क्लवलाई र क्वाटरफाइनलमा भने पाहुना टोली भुटानको पारो एफसीलाई पराजीय गरी सेमिफाइनलमा जाउलाखेल युथ क्लवलाई पराजित गरि फाईनलमा यात्रा बनाएको हो ।

बुधबार भएको पहिलो सेमिफाइनल खेलमा थ्रि–स्टारले जाउलाखेल क्लवलाई १– ० को गोल अन्तरले पराजित गर्दै फाइनलमा यात्रा बनाएको हो ।

यही माघ २० गते फाइनल खेल सहित प्रतियोगिता समापन हुने आयोजक सहारा क्लबले जनाएको छ । २३ ओैं संस्करणको आहा रारा पोखरा गोल्ड कपको विजेताले १२ लाख एक हजार र उपविजेताले ६ लाख एक हजार पुरस्कार प्राप्त गर्ने भएको महासचिव रामजी प्रसाद अधिकारीले जानकारी दिए ।

यही माघ ९ गते देखि सुरु भएको प्रतियोगितामा एक विदेशी सहित १२ टिमको सहभागिता रहेको खेल संयोजक पूर्णबहादुर गुरुङले जनाए ।

 

20Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected