739Shares

पोखरा भ्यूज

काठमांडौ । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालका प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाले लायन बर्ष २०२४/२५ का लागि डिष्ट्रिक्ट गभर्नर पदको उम्मेदवारमा आफ्नो मनोनयन दर्ता गराएका छन् । 

आगामी चैत्र तीन गते राष्ट्रिय सभा गृह काठमांडौंमा सम्पन्न हुने डिष्ट्रिक्ट ३२५ आई नेपालको दोस्रो डिष्ट्रिक्ट कन्भेन्सनका लागि लायन्स क्लब अफ पोखरा अभियानका संस्थापक अध्यक्ष समेत रहेका ढुंगानाले डिष्ट्रिक्ट गभर्नर पदमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन्

दियालो फुडल्याण्ड काठमांडौंमा सुक्रवार सम्पन्न मनोनयन दर्ता कार्यक्रममा डिष्ट्रिक्ट ३२५ आई नेपालका उम्मेदवार मनोनयन समितिका संयोजक एवं डिष्ट्रिक्ट ३२५ आई नेपालका पुर्व डिष्ट्रिक्ट गभर्नर इन्दु लम्साल समक्ष उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् 

उनिसँगै प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर पदमा हालका द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर लायन्स क्लब अफ काठमांडौं परोपकारका संस्थापक अध्यक्ष पार्वती खरेल पाण्डे र द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर पदमा हालका चिफ डिष्ट्रिक्ट एडभाईजर लायन्स क्लब अफ काठमाडौं साकुराका संस्थापक प्रथम उपाध्यक्ष सूर्य केसीले आआफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

मनोनयन गराएका उम्मेदवारहरू डिष्ट्रिक्ट गभर्नर ढुंगानाको परिचय लायन्स क्लब अफ पोखरा अभियानका संस्थापक सदस्य प्रदीप लम्साल, प्रथम भाईस डिष्ट्रिक्ट गभर्नरको परिचय लायन्स क्लब अफ काठमांडौं परोपकारका पूर्व अध्यक्ष सुवाषचन्द्र जोशी र द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर केसीको परिचय लायन्स क्लब अफ काठमांडौ साकुराका द्वित्तिय उपाध्यक्ष सुशीला लोहनीले गराएका थिए ।

ढुंगाना भाइस डिष्ट्रिक्ट गभर्नर हुँदा होस् अथवा अन्य जिम्मेवारीमा रहँदा होस् उनले लायन्स मार्फत सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका छन् लायनवादमा विगत १६ वर्षदेख़ि अनवरत रूपमा सक्रिय रहदै डिष्ट्रिक्टका विभिन्न पदमा रहेर सफलताका साथ आफ़ना ज़िम्मेवारी सम्हाल्दै आएका ढुंगानालाई डिष्ट्रिक्ट ३२५ आई नेपालको भाईस डिष्ट्रिक्ट गभर्नर पदमा लायन्स क्लब अफ पोखरा अभियानले दुई बर्ष अघि प्रस्तुत गरेको थियो ।

कुनै पनि कार्य सम्पादनमा उनमा रहेको योजनाबद्वता, स्पष्टवादिता, पारदर्शिता, लगनशीलता, विषयगतको ज्ञान एवं क्षमता दृढ़संकल्पले डिष्ट्रिक्टलाई आशातित उचाईमा पुर्रयाउन सक्ने क्षमता रहेको ढुंगानाको होम क्लब लायन्स क्लब अफ पोखरा अभियानका अध्यक्ष मात्रिका पोखरेलको दावी

ढुंगाना एक सफल व्यवसायी मात्र नभई विभिन्न सामाजिक संघ संस्था समेत कुशल नेतृत्व प्रदान गरिसकेका छन लायन्स डिष्ट्रिक्टको महत्वपूर्ण पदमा रही सेवा, सक्रियता योगदानका हिसाबले पनि एउटा छुट्टै पहिचान अस्तित्व बनाएका व्यक्ति हुन उनि लायन्सका विभिन्न तालिम तथा सेमीनारमा सहभागी भई लायनवादको मुल्य मान्यतामा समर्पित रहेका एक सफल समाजसेवीका रूपमा चिनिन्छन् । लायन्सको हरेक सदस्यहरु माझ भिजेर काम गरेका उनि लायन्स सदस्यहरुको मन विश्वास जित्नेमा आफु ढुक्क रहेको बताउँछन्

लायन्स अन्तर्राष्ट्रियका एलसीआईएफ एरिया लिडर राजन लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न मनोनयन कार्यक्रममा लायन वर्ष २०२४/२५ लागि उम्मेदवारी दर्ता गराउनु भएका उम्मेदवारहरुलाई प्रमुख अतिथि लम्सालसहित डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी, मल्टीपल डिष्ट्रिक्ट कोअर्डिनेटर एवं पूर्व मल्टीपल काउन्सिल चेयरपर्सन मनबहादुर रोका, निवर्तमान डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेल पूर्व डिष्ट्रिक्ट गभर्नर इन्दु लम्साल लगाएतले माला बुँकीले सम्मान गर्दै बधाई ज्ञापन गर्दै सफलताको शुभकामना दिएका थिए

लायन्स क्लब अफ पोखरा अभियानका अध्यक्ष मात्रिका पोखरेलको अध्यक्षतामा सम्पन्न उम्मेदवारी दर्ता कार्यक्रममा क्याविनेट अफ़िसरको तर्फबाट डिष्ट्रिक्ट को-अर्डिनेटर जनार्जन फुयाल, जोन चेयरपर्सन सरिता श्रेष्ठ, लायन्स क्लब अफ काठमांडौं मयूरका अध्यक्ष सुष्मा तिमिल्सिना, साकुराका पूर्व अध्यक्ष शिव काफ्ले लगाएतले आ-आफ्नो भनाई राखेका थिए भने कार्यक्रमको सहजीकरण डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट कोअर्डिनेटर अमृतप्रसाद तिवारीले गरेका थिए भने अभियानका पूर्व अध्यक्ष प्रेमप्रसाद दाहालले उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए ।

कार्यक्रममा डिष्ट्रिक्टका सिनियर लिडरसहित क्लबका प्रेसिडेन्ट, सेक्रेटरी, ट्रेजर, लियो क्लबका पदाधिकारीलगायत लायन्स क्लबका अन्य सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो

मनोनयन दर्ता पश्चात मन्तव्य राख्दै लायन बर्ष २०२४/२५ का डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाले आफ्नो कार्यकालको मानवता हाम्रो प्राथमिकता भन्ने आधारमा रहि कार्यसम्पादन गरिने उल्लेख गरे भने प्रथम र द्वित्तिय भाईस गभर्नरद्वय पाण्डे केसीले डिष्ट्रिक्ट गभर्नरले ल्याएका कार्यक्रम संगठित तरिकाले उत्कृष्ट बनाउन मुख्य भूमिका खेल्ने बताए

739Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected