25Shares

पोखरा भ्यूज
पोखरा । पोखरा म्याराथन अन्तर्गत अपाङ्गतातर्फको दृष्टिविहिन र ह्विलचियर दौडको पुरस्कार रकम हस्तान्तरण गरिएको छ ।
ह्विलचियर तर्फको महिला/पुरुषतर्फको पहिलो पुरस्कार १०/१० हजार र दृष्टिविहिनतर्फको १०/१०हजार गरी कुल रु ४० हजार रुपैयाँ बिहीबार पूर्व राष्ट्रिय खेलाडी स्वर्गीय गंगाबहादुर गुरुङको स्मृतिमा उनका छोरा देवान गुरुङ र मनोज गुरुङले मञ्चका अध्यक्ष हरी प्रसाद पराजुली, निवर्तमान अध्यक्ष तेजबहादुर गुरुङ र संस्थापक अध्यक्ष खड्ग रानाभाटलाई हस्तान्तरण गरे ।
रकम हस्तान्तरण गर्दै मनोज गुरुङले आफ्ना बुबाको सम्झनामा गरिएको पुरस्कार प्रायोजनले अरुलाईपनि प्रेरणा मिल्ने बताए । पुरस्कार प्रायोजनलाई आगामी ५ बर्षसम्म निरन्तरता दिने उनले बताए ।
पूर्व राष्ट्रिय खेलाडी स्व. गंगा बहादुर गुरुङ नेपाल भूतपूर्व खेलाडी मञ्चका संस्थापक सल्लाहकार एवं आजिबन सदस्य समेत थिए ।
मञ्चका अध्यक्ष पराजुलीले पुरस्कार प्रायोजनका लागि धन्यवाद दिएका छन् । उनले भने–“मञ्चले परिवारलाई जोडेको छ । यस्तो सहयोगले मञ्चलाई दिर्घकालिन रुपमा बलियो बनाउन र स्व.गुरुङ र उहाँको खेल प्रतिको योगदानलाई सम्झिइरहन समेत भूमिका खेल्ने छ ।”
अपाङता तर्फको दौड प्रतियोगिता यहि माघ २७ गते शनिबार पोखरा रंगशालामा हुने छ । मञ्चले उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पुरा गरेको जनाएको छ ।

25Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected