
पोखरा भ्यूज
४ फागुन, काठमाडौं । काठमाडौंको पेप्सिकोलास्थित एक फर्चिनर र मोटरसाइकल वर्कसपमा आगलागी भएको खबर छ ।
अहिले आगलागी नियन्त्रणामा लिन नेपाल प्रहरी र शसस्त्र प्रहरीको दमकल घटनास्थल पुगेको प्रहरीले बताएको छ । प्रहरीले आगो निभाउने प्रयास गरिरहेको र थप क्षति हुन नदिने प्रयास भइरहेको छ ।
आगलागी कसरी भएको हो भन्ने कारण खुल्न सकेको छैन। आगलागी नियन्त्रणमा आएपछि मात्र क्षतिको यकिन विवरण आउने प्रहरी स्रोतको भनाई छ ।











