0Shares

पोखरा । नेपाली युवा उद्यमी मञ्च पोखराले पोखरा महानगरपालिकाको भगिनी शहर चिनको ग्वाङझाउको औपचारिक औद्योगिक भ्रमण गर्न लागेको  । भ्रमणबाट दुईदेशबीचको सम्बन्धलाई सुदृढ बनाउने, व्यापारका अवसरहरू खोज्ने दुईदेशबीचको सांस्कृतिक आदानप्रदानलाई अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ। फाल्गुण २० गते देखी २६ गते सम्मका लागि तय गरिएको यो भ्रमणले पोखरा ग्वाङझाउबीचको समग्रमा नेपाल चिनको सहकार्य र आपसी वृद्धिलाई प्रवर्द्धन गर्ने दिशामा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ

मञ्चको ग्वाङझाउ भ्रमणको मुख्य उद्देश्य नेपाल चीनबीचको आर्थिकसम्बन्धलाई मजबुत बनाउनु व्यापार तथा लगानीका अवसरहरूलाई प्रवर्द्धन गर्नु रहेको सरकारी अधिकारीहरू, व्यापारिक नेताहरू, उद्यमीहरूलगायत प्रमुख सरोकारवालाहरूसँग संलग्न भएर, नेपाली युवा उद्यमी मञ्च पोखराले दुवै देशको अर्थतन्त्रलाई फाइदा हुने संवाद सहयोगलाई सहजबनाउने लक्ष्य राखेको छ। यस भ्रमणले चिनियाँ लगानीकर्ताहरूलाई पोखराको लगानी क्षमता   पर्यटन, कृषि, नवीकरणीय ऊर्जा प्रविधि जस्ताप्रमुख क्षेत्रहरूमा सहकार्यलाई प्रोत्साहन गर्ने साथै नेपाली चिनियाँव्यवसायहरू बीचको नेटवर्किङ अवसरहरू, आर्थिक वृद्धि रोजगारीकाअवसरहरू सिर्जना गर्न सक्ने साझेदारी संयुक्त उद्यमहरूलाई प्रवर्द्धनकोअवसर पहिचान गर्ने हुनेछ आर्थिक उद्देश्यका अतिरिक्त, भ्रमणले पोखरा र ग्वाङझाउबीचको सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्दै दुई राष्ट्रका शहरबीच आपसी समझदारी मित्रतालाई बढावा दिनेछ

पोउवा संघका अध्यक्ष पवन कुमार प्रजापतिले यस भ्रमणले भगिनि शहर ग्वाङझाउ पोखरा महानगरपालिकाको सम्बन्ध अझ धेरै प्रगाढ हुने साथै पोखाराको पर्यटन सुस्ताएको अवस्थामा टेवा पुग्ने बताए । साथै, यस भ्रमणफलदायी रहेन आसा राख्दै नेपाली युवा उधमी मञ्च पोखराको चिन भ्रमणलाई सफलताको शुभकामना सहित पोउवा संघका पदाधिकारीहरुले भ्रमण टोलिलाई बिदाई गरेका थिए । यस्तै, पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठ तथा होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुबेदीले पनि  भ्रमण फलदायी रहनेमा आसा राख्दै नेपाली युवा उधमी मञ्च पोखराको चिन भ्रमणलाई सफलताको शुभकामना व्यक्त गरे

नेपाली युवा उद्यमी मञ्च पोखराका अध्यक्ष निरन के.सी.ले मञ्चको पहिलोपटक संस्थागत औपचारिक वैदेशिक भ्रमण आयोजना गरिएको बताए  यस भ्रमण अन्तर्गत मञ्चका भ्रमण टोलिले द्विपक्षीय सहयोग लगानीकाअवसरहरूबारे छलफल गर्न ग्वाङ्झाउका सरकारी अधिकारीहरू सम्बन्धितमन्त्रालयहरूसँग भेट गर्नेछन् । पोखरा तथा गण्डकी प्रदेशको सम्भाव्यता देखाउन चिनियाँ उद्यमीहरू लगानीकर्ताहरूसँग सम्पर्क स्थापित गर्न गण्डकी प्रदेश मुस्ताङ जिल्ला सङ्ग जोडिएको नेपाल चिनको सिमाना कोरला बोर्डरको दुई तर्फि व्यापार करिडोर स्थापना गरी निकासी तथा आयातमा सहजता ल्याउने उद्देश्यले औचारिक प्रस्ताव गर्न सरकारी अधिकारीहरूबिच गरिने सेमिनार नेटवर्किङ कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउनेछ त्यसैगरी, भ्रमण टोलीले औद्योगिक क्षेत्र, नवप्रवर्तनकेन्द्रहरू विभिन्न कम्पनीहरूको साझेदारी लगानीका अवसरहरूको खोजीगर्नेछ चिनियाँ पर्यटकलाई आकर्षित गर्ने सम्भावित पर्यटकीय राजधानीपोखरामा पर्यटन प्रवर्द्धन गर्नुका साथै दुई देशबीच सांस्कृतिक समझदारी नेपाली पर्यटन संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले अन्तरक्रियात्मक कार्यक्रमतथा चिनिया  प्रदर्शनी अवलोकन मायको चिनो आदानप्रदान गर्ने कार्यक्रमतय भएको मञ्चका अध्यक्ष निरन केसिले बताए

यसका साथै मञ्चका अध्यक्ष केसीले भ्रमण टोलीमा यस मञ्चका पुर्वअध्यक्ष तथा नेपाल चाइना उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका वर्तमानअध्यक्ष वैभव पौडेल यसै मञ्चका पुर्व अध्यक्ष तथा नेपाल हवाई खेलकुदसंस्थाका वर्तमान अध्यक्ष सुनिल बहादुर भट्टराई पनि सामेल रहने ग्वाङ्झाउका सरकारी अधिकारीहरू सम्बन्धित मन्त्रालयहरूसँग भेटघाटतथा अन्तरक्रियात्मक कार्यक्रममा वैभव पौडेलसंग होटल तथा पर्यटनव्यवसाय प्रवर्द्धनका बिषयमा छलफल गर्न औपचारिक कार्यक्रम तय भएको हवाई खेलकुदको माध्यमबाट पर्यटन व्यवसायलाई प्रवर्द्धन गर्ने अर्कोऔपचारिक कार्यक्रम सुनिलबहादुर भट्टराईसँग पनि तय गरिएको जानकारीदिए

कार्यक्रमको समापनमा कार्यक्रममा उपस्थित, विशिष्ट अतिथि पोउवा संघकाअध्यक्ष श्री पवन कुमार प्रजापतिज्यु, विशिष्ट अतिथि पोखरा पर्यटनपरिषदका अध्यक्ष पोम नारायण श्रेष्ठ तथा होटल संघ पोखरा नेपालकाअध्यक्ष लक्ष्मण सुबेदिलाई यस भ्रमणको उद्देश्यलाई कार्यान्वयन गर्ननिर्णायक भूमिका खेल्ने पोउवा संघका पूर्व अध्यक्ष श्री बिश्व शंकरपालिखेज्यु, मञ्चका पुर्व अध्यक्षज्युहरु भ्रमणका संयोजक्त्व गर्ने बिजेशशंकर पालिखे अखिलेश पालिखे लगायत सम्पूर्ण सहभागि सदस्यहरु उपस्थित पत्रकार हरुलाई अमूल्य उपस्थिति योगदानको लागि मञ्चकाअध्यक्ष निरन केसिले धन्यवाद ज्ञापन गरे

नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) एक गैरनाफामूलक सामाजिकसंस्था हो सन २००३ सालमा स्थापित यस संस्थाको उद्धेश्य युवा उद्यमीउत्पादन गर्ने, उनीहरुलाई प्लेटफर्म दिने, युवाहरुलाई उद्यमशीलतातर्फ लाग्नप्रेरित गर्नेलगायतका छन् यस संस्थाले युवा उद्यमीहरुबीच उद्यमशीलतासम्बन्धी आईडिया एक्सचेञ्ज गर्ने गर्नुका साथै शिक्षा, तालिम फेलोसीपलगायतका कार्यहरु गर्दै आएको संस्थामा देशका १३ वटासहरका ८०० भन्दा बढी युवा उद्यमीहरु आबद्ध छन्

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected