२०८३ कार्तिक २३, सोमबार Monday, November 9, 2026
खेलकुद

पोखरामा सम्पन्न भूपू अन्तर बटालियन भलिबल प्रतियोगितामा १/५ जिआर च्याम्पियन

पोखरा । भूपू अन्तर बटालियन भलिबल प्रतियोगितामा १/५ जिआर च्याम्पियन बनेको छ । भारतीय पेन्सन क्याम्प रामबजार पोखराको आयोजनामा बिहिबार सम्पन्न भएको भलिबल प्रतियोगितामा पेन्सन वितरण कार्यालय (पिपिओ ) लाई ३ –१ सेटमा पराजित गर्दे च्याम्पियन बनेको हो ।

पहिलो सेटमा २५–२३ को जित निकाल्दै मैदान प्रवेश गरेको पिपिओले लगातार ३ सेट २५–२०,२५–१४ र २५–२२ मा हार्दे उपविजेतामा चित्त बुझाउन पर्यो ।

च्याम्पियन बने संगै १/५ जिआरले नगद ५० हजार शिल्ड,मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेताले नगद ३५ हजार र शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।

पाँचौ संस्करणको भूपू अन्तर बटालियन भलिबल प्रतियोगितको समापन कार्यक्रममा रिटार्यड मेजर गम बहादुर गुरुङ,गोर्खा बिग्रेड भूपू समितिका अध्यक्ष रिटार्यड कर्नेल कृष्ण बहादुर खत्री,एभरेष्ट बैकका गण्डकी प्रदेश प्रमुख सुधिर गौतम,नेपाल एसबिआई बैकका गण्डकी प्रदेश प्रमुख मिन बहादुर गुरुङ,भारतीय पेन्सन क्याम्प कार्यालय पोखराका प्रमुख लेफ्निेन्ट कर्णेल प्रशान्त सिहं बघेल लगायतले पुरस्कार वितरण गरेका थियो ।

फागुन ९ गते देखि शुरु भएको प्रतियोगितामा १९ टिमले भाग लिएका थियो । प्रतियोगिताको प्रथम र द्धितिय पुरस्कार क्रमश नेपाल एसबिआई र एभरेष्ट बैकले प्रायोजन गरेका थिए ।

Read more

बराहथान युवा क्लबको वार्षिकोत्सवमा गाउँस्तरीय भलिबल प्रतियोगिता, विजेतालाई ६१ हजार पुरस्कार

पोखरा । श्री बराहथान युवा क्लब, भिचुक पोखरा गुरुङ मगर सम्पर्क समाज अन्नपूर्ण गाउँपालिका–७, भिचुक, कास्कीले नेपालीहरूको महान् चाड शुभदीपावली (तिहार) को अवसरमा गाउँस्तरीय भलिबल प्रतियोगितासहित विविध सांस्कृतिक…

९औँ विश्वकर्मा भलिबल कप सम्पन्न, दाजुभाइ क्लब गल्याङ च्याम्पियन

पोखरा । विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीको आयोजनामा सञ्चालित नवौँ विश्वकर्मा भलिबल कप–२०८३ सम्पन्न भएको छ। असोज १ गतेदेखि पोखरा रंगशालामा सुरु भएको प्रतियोगिताको फाइनलमा दाजुभाइ क्लब…

पुम्दी–भुम्दी पर्वतीय दौडका लागि पोखरा–२२ एकजुट

पोखरा, ३१ भदौ। पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीमा आगामी असोज २४ गते तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिता हुँदैछ। प्रतियोगितालाई सफल बनाउन जनप्रतिनिधि, स्थानीय संघ–संस्था, विद्यालय, युवा क्लब, व्यवसायी र…

मुस्ताङमा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण हुँदै

मुस्ताङ — विश्वकै सर्वाधिक उचाइमा रहेको मुस्ताङ गल्फ कोर्समा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण आयोजना हुने भएको छ। आगामी भदौ १५ गते हुने प्रतियोगिताको तयारी…

पोखरा रङ्गशालाको हरियाली अभियानमा इको नेक्स्टको साथ, ४ सय किलो प्राङ्गारिक मल सहयोग

पोखरा । पोखरा रङ्गशालामा जारी हरियाली तथा वृक्षारोपण अभियानलाई थप व्यवस्थित, दिगो र प्रभावकारी बनाउन इको नेक्स्ट टेक्नोलोजी प्रा.लि. ले ४ सय किलोग्राम इको अर्गानिक (प्राङ्गारिक) मल सहयोग…

रमेश–खेमको जोडी वडा अध्यक्ष कप ब्याडमिन्टन च्याम्पियन

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ को आयोजनामा सम्पन्न ‘वडा अध्यक्ष कप खुला ब्याडमिन्टन प्रतियोगिता–२०८३’ मा रमेश गुरुङ र खेम तिमिल्सिनाको जोडी च्याम्पियन बनेको छ। आइतबार सम्पन्न…