0Shares

२१ फागुन, काठमाडौं । राष्ट्रिय सभा अध्यक्षको निर्वाचन नजिकिदैं गर्दा सत्ता गठबन्धन भने भत्किन पुगेको छ । यही फागुन २९ गते हुन राष्ट्रिय सभा अध्यक्षमा सत्तागठबन्धनमा रहेका नेपाली काँग्रे र नेकपा माओवादी दुवै दलको दावी थियो ।

अन्ततः त्यही निहुँमा सत्ता गठबन्धन भत्किन पुगेको छ । सत्ता गठबन्धन भत्किएसँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्यमा सहमति जुटेको समाचार स्रोतको दावी छ ।

आइतबार रातिसम्म चलेको कांग्रेस र माओवादी केन्द्रको बैठकले सत्ता समीकरण बदल्ने निर्णय गरेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहालले मौजुदा मन्त्रिपरिषद् विघटन गरी सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारीमा छन् ।

एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी समेतका दलहरु सरकारमा सामेल हुने बताइएको छ ।

 

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected