राष्ट्रिय माविको हीरक महोत्सव : निःशुल्क स्वास्थ्य शिविरमा तीन सय १० जनाको परिक्षण
- March 5, 2024
- 1467

पोखरा भ्यूज
पोखरा । स्थापनाको ७५ औ वर्ष प्रवेशको अवसरमा हीरक महोत्सव मनाइरहेको पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ ।
विद्यालयमा अध्य्यनरत विद्यार्थीहरुको लागि आयोजना गरिएको दुई दिने शिविरको पहिलो दिन मंगलबार तीन सय १० जना विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरिएको छ । शिविर बुधबारसम्म चल्नेछ ।
विद्यालयका पुर्व विद्यार्थी समेत रहेका हिरक महोत्सव स्वास्थ्य शिविर कार्यक्रम उपसमितिका संयोजक वरिष्ठ फिजिसियन डा वसन्त ताम्राकार, अर्का पुर्व विद्यार्थी वालरोग विशेषज्ञ डा विनोद तुलाचन सगै डा अमृत त्रिपाठी र डा प्रदिप नागिला सगै अन्य स्वास्थ्यकर्मीहरु सहभागि रहेका थिए । टोलीलाई पोखरा महानगरपालिका वडा नम्बर १ स्थित शहरी स्वास्थ्य केन्द्र, बगरका स्वास्थ्यकर्मीहरुले समेत आवश्यक सहयोग गरेका थिए ।
संयोजक ताम्राकारका अनुसार विशेष गरि शिविरमा साना वालवालिकाहरुको मुटुको परिक्षण गरि जन्मजात कुनै समस्या छ छैन् त्यसको जाँच गरिएको र कक्षा ११ र १२ का विद्यार्थीहरुको रक्त समुह छुट्याउने काम गरिएको जानकारी दिए । उनले विद्यालयका अध्य्यन गर्ने विद्यार्थीहरुको उपचारका लागि आफुले आफनो ठाँउबाट आउदा दिनमा समेत सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक ईश्वरी सापकोटाका अनुसार पहिलो दिन इसिडि देखी कक्षा पाँच सम्मका गरि एक सय ६० जना सगै कक्षा ११ र १२ का एक सय ५० जना विद्याथीहरुको परिक्षण गरिएको हो । यस अघि शिविरको उद्घाटन पोखरा महानगरपालिका वडा नम्बर १ का अध्यक्ष सहारा प्रधानले गरेका थिए ।
२० मंसिर ०८० मा आफनो स्थापनाको ७४ औ वर्ष पुरा गरि ७५ औ वर्षमा प्रवेश गरेको विद्यालयले हीरक महोत्सव २० मंसिर ०८० देखि २० मंसिर ०८१ सम्म एक वर्ष विविध कार्यक्रम गरि मनाईरहेको छ । यस अघि गत २० मंसिरमा प्रभातफेरी सगै हीरक महोत्वको शुभारम्भ गरिएको थियो । हिरक महोत्सव अन्र्तगत यस अघि २७ माघमा विद्यालयले खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो । कार्यक्रममा ७५ युनिट रगत संकलन भएको विद्यालयका अध्यक्ष राम विक्रम राणाले जानकारी दिए ।
हिरक महोत्सव अन्र्तगत आउदो ८ बैशाख ०८१ मा विद्यालयमा अध्य्यन गरेका पुर्व विद्यार्थी, पुर्व शिक्षक/कर्मचारी, पुर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारी एंव सदस्यहरु बिच परिचय सगै अनुभव आदान प्रदानको गर्ने उदेश्यले पुनमिलन समारोह आयोजना हुने विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष एंव हिरक महोत्सव प्रचार प्रसार उपसमितिका सहसंयोजक रमेश प्रसाद पौडेलले जानकारी दिए ।




