२०८३ कार्तिक २३, सोमबार Monday, November 9, 2026
खबर

महिलाका हक अधिकार सुनिश्चितताका लागि महिला सशक्तिकरण अपरिहार्य

पोखरा भ्यूज

पोखरा । महिलाका हक अधिकार सुनिश्चितताका लागि महिला सशक्तिकरण अपरिहार्य भएको यहाँ आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् ।
अन्तराष्ट्रिय महिला दिवसको अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल कास्की र युएसआईडि जल जंगल परियोजनाद्धारा संयुक्तरुपमा आयोजित अन्तरकृया कार्यक्रममा बक्ताहरुले महिला सशक्तिकरणको खाँचो औल्याएका हुन ।
“महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी” नाराका साथ आयोजित कार्यक्रममा महिला सम्वन्धि संवैधानिक अधिकार अक्षरस कार्यान्वयन गर्न तीनै तहका सरकार जिम्मेवार हुनु पर्नेमा सहभागिको जोड थियो ।
गण्डकी प्रदेश नीति तथा योजना आयोगका सदस्य अञ्जला चौधरीले दोश्रो प्रदेश पञ्चबर्षीय योजनामा महिला हक अधिकारको सुनिश्चितता प्राथमिकतामा राख्ने तयारी भई रहेको जानकारी दिईन् ।
प्रदेशका ११ वटै जिल्लाका ८५ पालिकाकामा छलफल कार्यक्रमबाट प्राप्त सुझावका आधारमा महिला सशक्तिकरणमा जोड् दिइने बताउँदै उनले प्राप्त अधिकारको उपयोग गर्दै थप अधिकारका लागि महिलाहरु संगठित भएर लाग्नु पर्ने आवश्यकता औल्याईन् ।
पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव शोभा गौतमले महिलाहरु आर्थिक रुपमा सक्षम हुनका लागि उद्यमी बन्नुपर्नेमा जोड दिंदै त्यसका लागि महासंघकातर्फबाट आवश्यक सहयोग गर्ने विश्वास व्यक्त गरिन् ।
जिल्ला समन्वय समिति कास्कीका उपप्रमुख एवम् सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य सरिता कुमालले पछिल्लो समय प्रत्येक क्षेत्रमा महिला सहभागितामा क्रमिकरुपमा वृद्धि हुँदै गएको बताईन् ।
प्रदेश वन निर्देशनालयका उपसचिव करुणा कार्कीले महिलाले अवसर पाएमा जस्तो सुकै चुनौतिको सामना गर्न सक्षम रहेको बताउँदै आर्थिक, सामाजिक र सांस्कृतिक कारणले महिलालाई अघि बढ्न अहिले पनि चुनौती रहेको बताईन् ।
कार्यक्रममा जल जंगल परियोजना सिनियर जेसी अधिकृत सुनिल चौधरी र किरण न्यौपानेले परियोजनाको लक्ष्य, नेपालमा महिलाको अवस्था, जलवायु परिवर्तन न्यूनिकरण सम्वन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
सामुदायिक वन उपभोक्ता महासंघ कास्कीका सचिव पार्वती सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमा महासंघ केन्द्रीय सदस्य हरि बास्तोला र गण्डकी प्रदेश अध्यक्ष कालिदास सुवेदी, जिल्ला महासंघ अध्यक्ष विश्वनाथ लामिछाने, महानगर महासंघ सचिव सिता सापकोटा लगायतले महिला दिवसको महत्व र महासघले खेल्दै आएको भूमिका माथि चर्चा गरेका थिए ।
कार्यक्रममा सामुदायिक वन समुह, महिलासंघ सम्वन्धित विभिन्न संघसंस्था, कर्मचारी, वन विज्ञान अध्ययनरत विद्यार्थी सहित ५० जनाको सहभागिता रहेको थियो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…