134Shares

पोखरा भ्यूज

पोखरा लायन्स क्लब अफ पोखरा न्यू भिजनले रक्तदान सम्पन्न गरेको क्लबले श्री स्वर्णकार कल्याण समिति कास्कीको सहकार्यमा बुधवार पोखरा, भैरवटोलमा रक्त संचारकेन्द्र पोखराको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो

क्लबका अध्यक्ष लक्ष्मण सुनारको अध्यक्षता लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका निवर्तमान डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेलको प्रमुख आतिथ्यता पोखरा महानगरपालिका वडा नं. का वडाध्यक्ष दिवसमान प्रधानाङगको बिशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा ११५ पिन्ट रगत संकलन भएको थियो

कार्यक्रममा डिष्ट्रिक्ट कोअर्डिनेटर ऋषि गिरी, एडिसनल डिष्ट्रिक्ट कोअर्डिनेटर सन्तोष श्रेष्ठ, सुनचादी ब्याबसायी महासंध गण्डकी प्रदेश अध्यक्ष चन्द्रकिशोर गौतम एवं कार्यसमिति सदस्य, क्लबका पदाधिकारी एवं सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको कार्यक्रम संयोजक राजकुमार वि घिमीरेले जानकारी दिए

134Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected