२०८३ कार्तिक २३, सोमबार Monday, November 9, 2026
खबर

शिवरात्रीको अवसरमा संस्कृत मा.वि. मा शिवपूजन, सम्मान तथा छात्रवृत्ति वितरण

पोखरा भ्यूज
पोखरा । शिवरात्री पर्वको पावन अवसरमा संस्कृत मा.वि. भीमकालीपाटनस्थित यस क्षेत्रकै अग्लो तथा ठूलो ज्ञानेश्वर शिवपाञ्चायन मन्दिरमा आज विधिपूर्वक विशेष शिव पूजन, सम्मान तथा छात्रबृत्ति वितरण गरिएको छ ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १ ले संस्कृत माविमा अध्ययनरत १७ जना विपन्न विद्यार्थीहरुलाई सुनौलो शिक्षा अन्तर्गत जनही पाँच हजार रुपैयाँका दरले ८५ हजार रुपैयाँ एवम् अन्य अक्षयकोषदाताहरुबाट प्राप्त छात्रवृत्ति रकम ३९ जनालाई गरी जम्मा ५६ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको हो ।
कार्यक्रममा विद्यालयका सहयोगदाताहरु जवाहरलाल श्रेष्ठ, टंकनाथ पौडेल, ईश्वरीप्रसाद बास्तोला, चक्रपाणि सुवेदी, कल्पना आचार्य बास्तोला, क्याप्टेन हितकाजी गुरुङ, ओमकार श्रेष्ठ, हिमचुली पराजुली, जमुना शाही ठकुरी, एन प्याब्सन कास्कीका राजु केसी, गणेशप्रसाद सुवेदी, भगवती बञ्जरा लगायतलाई सम्मान गरिएको थियो ।
त्यस्तै शिक्षक गोविन्दप्रसाद अधिकारीलाई उत्कृष्ट शिक्षक, देवी नेपालीलाई उत्कृष्ट कर्मचारी र विद्यार्थी सौरभ पौडेललाई विशेष प्रतिभाशाली विद्यार्थीका रुपमा सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं १ का वडाध्यक्ष शाहारा प्रधानले संस्कृत मावि यस क्षेत्रकै पहिचान र ईतिहास भएता पनि हालसालै मात्रै चर्चामा आउन थालेको बताए ।
विद्यालयको सर्वाङ्गिण विकासमा बर्तमान व्यवस्थापन समितिको योगदान विशिष्ट रहेको उल्लेख गर्दै उनले विद्यालयको वृत्तिविकासमा महानगरपालिकाको समेत ध्यान जाने बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारीले स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकारको साथ र सहयोग लिएर विद्यालयलाई गुणस्तरीय संस्कृत शिक्षाको केन्द्रका रुपमा विकास गर्ने लक्ष्य रहेको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारीको अध्यक्षता एवम् पोखरा महानगरपालिका वडा नं १ का वडाध्यक्ष शाहारा प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहायक प्रधानाध्यापक कलादेवी बराल, प्रधानाध्यापक श्रीकृष्ण सिग्देल, जग्गादाता माधव पराजुली, एन प्याब्सन कास्कीका कोषाध्यक्ष राजु केसी, सहयोगदाताहरु हितकाजी गुरुङ, जवाहरलाल श्रेष्ठ, राष्ट्रिय मा.वि. का व्यवस्थापन समितिका अध्यक्ष रामविक्रम राणा, पोखरा महानगरपालिका वडा नं २ का सदस्य गोमा सुवेदी लगायतले आ-आफ्नो भनाई राखेको विद्यालयका सूचना अधिकारी श्रीकान्त सापकोटाले जानकारी दिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…