२०८३ कार्तिक २३, सोमबार Monday, November 9, 2026
खबर

अपाङ्गताका मुद्दालाई प्रदेश सभामा उठाउने प्रतिवद्धताः प्रदेश सभा सदस्य गुरूङ

पोखरा भ्यूज
पोखरा । गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले प्रदेश सभामा अपाङ्गताका मुद्दाहरूलाई विशेष रूपमा उठाउने प्रतिवद्धता व्यक्त गरेकी छन् ।
कास्की नेत्रहिन संघको आयोजनामा आज पोखरामा आयोजित अपाङ्गता भएका महिलाहरूलाई कानुनी सचेतना, लैङ्गिक समानता, प्रजनन स्वास्थ , प्रविधिमा पहुँच र उनिहरूको सशक्तिकरण विषयक गोष्ठीको उद्घाटन गर्दै उनले आँफूले अपाङ्गताका मुद्दालाइ निरन्तर उठाएको बताईन् ।
आगामी दिनहरूमा पनि आफ्नो तर्फबाट अपाङ्गताको क्षेत्रमा सहयोग गर्ने र प्रदेश सरकारसँग जोड्ने उनले विश्वास व्यक्त गरेकी छन् ।
कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ अनुशासन आयोगका पूर्व केन्द्रिय सदस्य तथा साहारा आधारभूत विद्यालयका प्रधानाध्यापक लोचना अधिकारी र अधिबक्ता भूवन पराजुलीले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । संस्थाका अध्यक्ष श्रीकान्त सापकोटाको अध्यक्षतामा पोखरा महानगरपालिका वडा नं ५ स्थित धर्मस्थली आधारभूत विद्यालयको सभाहलमा सञ्चालित गोष्ठीमा ३२ जना अपाङ्गता भएका महिला सहभागी थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…