20Shares

पोखरा भ्यूज

पोखरा । नेपाल महिला संघ पोखरा महानगर समितिले न्यून आय भएका तर उद्धमी बन्न चाहने पाँच जना महिलालाइ सिलाइ मेसिन दिएको  । ११४औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी संघले शनिवार महानगरका विभिन्न वडाका पाँचजना महिलालाइ सिलाइ मेसिन दिएको हो

महिला उत्प्रेरणा तथा आत्मनिर्भरताका लागि प्रशिक्षण एवं सम्मान कार्यक्रममा उक्त सहयोग दिईएको नेपाल महिला संघ महानगर समितिका अध्यक्ष अम्बिका ढुङ्गानाले बताईन् । संघले वडा नं. ११ की सुनिता परियार, वडा नं. की छलीमाया परियार, की ज्ञानुदेवी राना श्रेष्ठ, १३ की सरिता परियार १६ की अम्बिका परियारलाई सिलाई मेसिन प्रदान गरेको अध्यक्ष ढुङ्गानाले बताईन्

उनिहरूलाई कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम संविधानसभा सदस्य शारदा पौडेल, नेपाली कांग्रेस कास्की सभापती किशोरदत्त बराल, महिला संघ कास्कीका सभापति मिना पाण्डे, महानगर सभापति अम्बिका ढुङ्गानाले संयुक्त रूपमा मेसिन प्रदान गरेका थिए

त्यस्तै, कार्यक्रममा महानगर समितिले विभिन्न क्षेत्रमा सफलता हासिल गरेका महिलाहरुलाई खादा फुलमालासहित सम्मान गरेको थियो सम्मानित हुनेमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम संविधान सभासदस्य शारदा पौडेल, नेपाल ट्रेड यूनियन कांग्रेस गण्डकी प्रदेश उपाध्यक्ष लालीमाया रेग्मी, गृह श्रमिक संघ कास्कीका अध्यक्ष गीता पौडेल पंगेनि, अधिवक्ता एवं महिला संघ महानगर समितिका सचिव प्रीति पाण्डे र पत्रकार दुर्गा अधिकारीलाई सम्मान गरेको थियो

अधिवक्ता माधवी पाण्डे पत्रकार दुर्गा अधिकारीले महिला उत्प्रेरणा तथा आत्मनिर्भरताका बिषयमा प्रशिक्षण दिएका थिए

कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम संविधानसभा सदस्य शारदा पौडेलले नेपाल महिला संघ स्थापना कालदेखि नै आयमुलक कार्यक्रममा अग्रसर हुँदै आएको बताइन् उनले अबको युगमा भाषणले मात्र महिला बिकास नहुने यसका लागि अब महिलाहरु उद्यमशीलतातर्फ जोडिनुपर्ने बताइन्  

यस्तै, कांग्रेस कास्कीका सभापती किशोरदत्त बरालले नेपाल महिला संघ पोखरा महानगरको यो कार्यक्रमले सिर्जनसिल उद्दमशील बन्न सहयोग गर्ने विस्वाश व्यक्त गरे  महिला संघ कास्कीका सभापति मिना पाण्डेले महिला संघ कमजोर नभएको बताउदै महिला संघ महानगर समितिको यो सहयोगले राम्रो सन्देश दिएको उल्लेख गरिन्  

नेपाल महिला संघ पोखरा महानगर सभापति अम्बिका ढुङ्गानाको सभापतित्व, सचिवद्वय कल्पना थापा प्रीती पाण्डेको संयुक्त संचालनमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष तथा कार्यक्रम संयोजक श्रीजना श्रेष्ठले धन्यवाद ज्ञापन गरेकी थिईन् संयोजक श्रेष्ठले निकै मेहनतका साथ रकम जुटाएर सिलाई मेसिन खरिद गरिएको बताउँदै यसको उपयोग सहि तरिकाले गर्न आग्रह गरीन्

20Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected