0Shares

पोखरा भ्यूज
पोखरा । पोखरा महानगरपालिका वडा नं ४ गणेशटोलस्थित फेवा पब्लिक स्कुलले आइतबार पुरस्कार वितरण तथा सामूहिक नृत्य प्रतियोगिता आयोजना गर्यो ।
सो अवसरमा गत शैक्षिकसत्रमा नर्सरीदेखि कक्षा ९ सम्म प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कृत गरियो ।
साथै, विद्यालयले आयोजना गरेको विभिन्न खेलकुद प्रतियोगिता, अनुशासन, सरसफाईमा उत्कृष्ट हुने विद्यार्थीलाई समेत पुरस्कृत गरिएको थियो ।
यसैगरी, विद्यालयले आयोजना गरेको सामूहिक नृत्य प्रतियोगितामा नर्सरीदेखि यूकेजीसम्मको सूुहमा युकेजीका बालबालिकाले प्रथम स्थान हासिल गरे ।
यस्तै, १ देखि ३ सम्मको प्रतियोगितामा कक्षा ३ र ४ देखि ६ कक्षासम्मको प्रतिस्पर्धामा ६ कक्षाका विद्यार्थीको समूहले प्रथम स्थान हासिल गरे ।
कक्षा ७ देखि ११ सम्मका विद्यार्थीबिच भएको प्रतिस्पर्धामा ८ का विद्यार्थीको समूह प्रथम भएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख सन्तोष रानाभाटले जानकारी दिए ।
नृत्य प्रतिस्पर्धामा उत्कृष्ट भएका विद्यार्थीलाई पोखरा महानगरपालिकाका शिक्षा महाशाखाका शिक्षा अधिकृत जीवन प्रसाद रेग्मी, विद्यालयका प्राचार्य अच्युत पाण्डे, सहप्राचार्य प्रमोद पाण्डे, शैक्षिक विभाग प्रमुख सुमन आचार्य, विद्यालय सञ्चालक समिति अध्यक्ष सुशीला शर्मा लगायतले पुरस्कार प्रदान गरे ।
यसअघि कार्यक्रम शुभारम्भ गर्दै शिक्षा अधिकृत रेग्मीले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न कुनै कन्जुस्याइँ गर्न नहुने बताए ।
प्राचार्य पाण्डेले विद्यालय गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयका लागिपरेको बताए ।
सहप्राचार्य प्रमोद पाण्डेले लगनशील र अनुशासित भएर अध्ययन गर्न विद्यार्थीलाई सुझाव दिए ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected