0Shares

पोखरा भ्यूज
पोखरा । पोखरा भ्यूज डटकमका कार्यकारी सम्पादक टंकराज अधिकारी अन्नपूर्ण गाउँपालिका कास्कीबाट सम्मानित भएका छन् ।अधिकारी कामना प्रकाशन अन्तर्गत नेपाल समाचारपत्रको गण्डकी प्रदेश प्रमुख र नेपाल प्रेस युनियन गण्डकी प्रदेश समितिको अध्यक्ष समेत हुन् ।

गाउँ पालिकाको सातौं स्थापना दिवसको अवसरमा आइतबार आयोजित एक समारोहबीच उनीसहित ७ पत्रकार सम्मानित भएका हुन् । यसरी सम्मानित हुने पत्रकारहरुमा राजबहादुर गुरूङ, इन्द्रप्रसाद पौडेल, श्रीभद्र पौडेल, पुष्पराज दाहाल, रवि दाहाल र सरला त्रिपाठी भण्डारी छन् ।

अन्नपूर्ण गाउँपालिका स्थायी बसोबास भएका उनीहरुले पत्रकारिताको माध्यमबाट गाउँपालिकाको समग्र सूचना सञ्चार माध्यमबाट प्रकाशन तथा प्रशारणमा महत्वपूर्ण भूमिका खले वापत उक्त सम्मान गरिएको हो । कार्यक्रममा घान्द्रुकको वित्तचित्र निर्माता निर्माता अमृत गुरूङलाई पनि सम्मान गरिएको थियो ।

स्थापना दिवसकै सन्दर्भमा विभिन्न १५ विधामा उत्कृष्ट योगदान गर्ने व्यक्तित्वमालई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेमा उत्कृष्ट कर्मचारीतर्फ पशु अधिकृत ऋषिराम दाहाल, सब इन्जिनियर अर्जुन थापा, वडा नं. ३ का वडा सचिव मुक्तिराम भण्डारी, स्वास्थ्य कर्मचारी अहेव जुमक़ाज़ी गुरूङ महिला स्वयम्सेविका सुमित्रा पौडेल र कार्यालय सहयोगी ओमप्रसाद अधिकारीलाई छन् ।

यसैगरी पालिकाका ज्येष्ठ सदस्यहरू वडा नं. ४ का १०५ वर्षका रामबहादुर खत्री र वडा नं. ११ की १०० वर्षीया सुकुला गुरूङ पनि सम्मानित भएका थिए । त्यस्तै, कला र साहित्यतर्फ विमल परियार, अम्बिका भण्डारी, जीवन दाहाल, प्रेमराज अधिकारी, सुरेन्द्र गुरूङ, नवीन गुरूङ,शर्मिला वि.क, सरिता अधिकारी, बालाराम अधिकारी, बिक्रम परियार, दिवाकर भण्डारी, टेकबहादुर केसी, बाबुराम पौडेल र कमला केसी सम्मानित भए।
अन्य विधाहरू उत्कृष्ट सहकारी संचालक, उपभोक्ता समिति, खेलकुद, कृषि र पशुपालन, पर्यटन ब्यवसायी, करदाता, शुरक्षाकर्मी, गाउँपालीकाको लोगों डिज़ाईनतर्फ र शिक्षा तर्फका बिभिन्न यूनिटका ७५ जना सहित १५ विधाका क़रिव २०० जनालाई सम्मान गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पोखरेलले बताए ।

गाउँपालिकाका अध्यक्ष बिष्णुबहादुर केसीको अध्यक्षता, कास्की क्षेत्र नं। ३ का प्रतिनिधि सभा सदस्य दामोदर पौडेल बैरागीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराल, नेपाल सरकारका सह(सचिव बिनोद बहादुर कुँवर, पूर्व जिविस सभापति पुण्यप्रसाद पौडेल, पालिकाका निवर्तमान अध्यक्ष युवराज कुँवर, पालिका स्तरीय विभिन्न दलका अध्यक्ष एवं प्रतिनिधिको उपस्थिति रहेको थियो ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख बलराम भुगाईको संचालनमा रहेको कार्यक्रममा पालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारी र प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पोखरेलले गाउँपालिका विविध गतिविधि बारे बोलेका थिए ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected