दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान: पत्रकार श्रेष्ठ र स्व. पौडेललाई मरणोपरान्त
- March 17, 2024
- 1242

9Shares
पोखरा । स्व. त्रिभुवन पौडेल र पत्रकार दीपेन्द्र श्रेष्ठलाई प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान प्रदान गरिएको छ । पत्रकारिता सम्मान २०७९ बाट पत्रकार दीपेन्द्र श्रेष्ठ र २०८० बाट गत वर्ष पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएका पत्रकार पौडेललाई मरणोपरान्त सम्मान गरिएको हो ।
आइतबार पोखरामा आयोजित एक समारोह बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त पुरस्कारबाट सम्मान गरेका हुन् ।

मरणोपरान्त सम्मान स्व. पौडेलका श्रीमती प्रतिभा अधिकारी पौडेलसँगै परिवारका सदस्यलाई अर्पण गरिएको महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले जानकारी दिइन् ।



पुरस्कारको राशि १ लाख १ हजार १११ रुपैयाँ रहेको छ । उक्त पुरस्कार नेपाल पत्रकार महासंघ कास्कीले सञ्चालन गर्दै आइरहेको छ ।

9Shares




© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।