२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

पत्रकार महासंघ स्याङ्जालाई कार्यालय व्यवस्थापनका लागि कम्प्यूटर सहयोग

स्याङ्जा । नेपाल पत्रकार महासंघ स्याङ्जा शाखालाई कार्यालय व्यवस्थापनका लागि कम्प्युटर सहयोग भएको छ । जिल्ला सदरमुकाम स्थित पुतलीबजार नगरपालिकाले महासंघलाई कम्प्युटर सहयोग गरेको हो । पत्रकार महासंघको स्थापना भएको झण्डै १८ बर्षपछि सदरमुकाममा कार्यालय संचालन गरेको छ । पुतलीबजार नगरपालिकाका नगर प्रमुख तुलसीराम रेग्मीले एक कार्यक्रमको आयोजना गरि पत्रकार महासंघलाई उक्त कम्प्युटर हस्तान्तरण गरेका थिए । पत्रकारहरुलाई समाचार प्रवाह गर्न सहज हुने अपेक्षा राखेर अहिलेलाई कम्प्युटर सहयोग गरेको नगर प्रमुख रेग्मीले बताए ।
पत्रकार महासंघलाई नगरपालिकाबाट हुने सहयोगमा कुनै कसुर बाँकी राख्ने छैनौं उनले भने,‘भवन निर्माणका लागि जग्गा व्यवस्थापनका लागि नगरपालिकाले प्रक्रिया अगाडी बढाएको छ ।’ राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारीता क्षेत्रलाई सम्वद्र्धन र संरक्षण गर्ने दायीत्व स्थानीय सरकारको हो उनले भने । स्थानीय सरकारले गरेका राम्रा कामको उच्च प्रथामिकतामा राखेर समाचार प्रवाह गरिदिन समेत नगर प्रमुख रेग्मीले आग्रह गरे । पुर्वाग्राही ढंगले समाचार प्रकाशन भन्दा पनि समालोचना हुनेगरी समाचार प्रशारण, प्रकाशन गर्दा सबैलाई न्योचित हुने तर्फ ध्यान दिन सबै पत्रकारहरुलाई नगर प्रमुख रेग्मीको सुझाव थियो ।
कार्यालय व्यवस्थापनका लागि पुतलीबजार नगरपालिकाले एक थान कम्प्युटर सहयोग गरेको महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देलले जानकारी दिए । ‘कार्यालय नै नहुँदा जिल्लामा कार्यरत पत्रकारहरुको हकहितको साथै अन्य कामका लागि कार्य सम्पादनमा कठिनाई हुदै आएको थियो, महासंघका अध्यक्ष सिग्देलले भने,‘कार्यालय स्थापनापछि सहयोग माग्नेक्रममा रहेका छौं ।’ त्यसै सन्दर्भमा पुतलीबजार नगरपालिकाले पहिलो सहयोग कम्प्युटर प्रदान गरेर हौसला दिएकोे छ उनले भने । पत्रकार महासंघको कार्यालय व्यवस्थापनका लागि सबैलाई सहयोग गरिदिन समेत आग्रह गरेको उनले बताए । श्रमजीवीहरुको संगठन भएकाले यो संगठनलाई संरक्षण गर्नु स्याङ्जाका सरोकारवाला निकायको दायीत्व रहेकोले यस कार्यमा सबैले सहयोगी हात फैलाएर जिल्लाका संचारकर्मीहरुलाई सहजरुपले काम गर्ने वातावरण मिलाइदिन अध्यक्ष सिग्देलले आग्रह गरेका छन् । अहिले सम्म कार्यालय व्यवस्थापनका लागि स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष रविन्द्रमान श्रेष्ठले एक—एक थान कुर्चि टेवुल उपलब्ध गराएको पनि अध्यक्ष सिग्देलले जानकारी दिए ।
जिल्लामै कार्यालय नहुँदा झोलामा बोकेर महासंघ चलाउन बाध्यता भएको यो संगठनलाई अवका दिनमा भाडामा स्थापना गरिएको कार्यालयबाट कार्य सम्पादन गर्दा सहज हुने बताइएको छ । जिल्लामा झण्डै ५ दर्जन पत्रकारहरु रहेपनि महासंघमा भने ४ दर्जन पत्रकारहरु आवद्ध छन् । शुद्धिकरण अभियानका कारण अहिले महासंघमा आवद्ध रहने पत्रकारहरुको संख्या भने एकिन भइनसकेको अध्यक्ष सिग्देलले बताए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…