18Shares
पोखरा । रोट्रायक्ट क्लब अफ हेमजाको आयोजना तथा बिष्णु पादुका क्लबको सह आयोजनामा पोखरा २५ हेमजामा शनिबार नि:शुल्क दन्त शिविर शनिबार सम्पन्न भएको छ ।
सिद्दार्थ डेण्टल एण्ड स्किन केयर प्रा.लिको प्राबिधिक सहयोग तथा वडा नं. २५ वडा कार्यालयको समन्वय भएको कार्यक्रममा २२७ जना लाभान्वित भएको कार्यक्रम संयोजक बिकल थापाले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि रोटरी क्लव अफ पोखरा अन्नपूर्णका अध्यक्ष टोय बहादुर भट्टराईले सफलताको शुभकामना दिदै सामाजिक कामलाई निरन्तरता दिन आग्रह गरे ।
क्लबका अध्यक्ष बिशाल बाँस्तोलाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कार्यक्रममा बिष्णु पादुका मा.बिका अध्यक्ष कृष्णबहादुर नेपाली, डा पवन पाठक क्लबका उपाध्यक्ष प्रकाश पौडेल, सचिव राज पौडेल लगाएतले बोलेका थिए ।
18Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected