२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

प्रिया ! मुक्तकसङग्रहको लोकार्पण तथा परिचर्चा

पोखरा । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक सुरज पौडेलद्वारा लिखित प्रिया ! मुक्तकसङग्रहको शनिवार एक कार्यक्रमका बीच लोकार्पण गरिएको छ ।
सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराको आयोजनामा भएको कार्यक्रमका बीच लेखक तथा शिक्षाविद् विष्णुप्रसाद अधिकारीले उक्त कृर्ति लोकार्पण गरेका हुन् ।
कृर्ति लोकार्पण गर्दै अधिकारीले प्राध्यापक निष्कलङक हुनुपर्नेमा जोड दिर्दै साहित्यको शक्ति जीवन्त रहने औँल्याए। उनले विद्यार्थीहरुमा नैतिक आचारण सिकाउन सुझाव दिर्दै सबै कुरालाई आर्थिक नजरले मात्रै हेर्ने पारीपाटीको अन्त्य गर्नुपर्ने सुझाए ।
पछिल्लो समय प्राध्यापकहरु राजनीतिक रुपमा प्रतिबद्ध रहदाँ प्राज्ञिक मूल्यमान्यता हराउँदै गएको तर्फ उनले सचेत गराए ।
प्रतिष्ठानका पूर्व अध्यक्ष दीपेन्द्र पराजुलीले प्रिया मुक्तक सङग्रहलाई हरेक कोणबाट नियाल्न सकिने स्पष्ट पार्दै सष्ट्रालाई व्यक्तिबाट माथि उठी व्यक्तित्वका रुपमा चिन्नुपर्ने बताए ।
परिचर्चाकार डा. श्रीधर न्यौपानेले कविताको लधुत्तम एकाइका रुपमा मुक्तकलाई चिनाउँदै समग्रमा प्रणायमूलक विषयवस्तु समेटी सङग्रह प्रकाशन गरिएको स्पष्ट पारे । उनले विषय संयोजनका दृष्टिले सङग्रह सवल कृर्ति रहेको भन्दै त्यसमा गहन विम्व प्रतिकको संयोजन भएको जनाए ।
कृर्तिमा अनुभुतिलाई हतारो गर्दा कतिपय शब्दसंयोजन तथा वर्णविन्यासगत त्रुटि फेला परेको भन्दै परिचर्चाकार डा. न्यौपानेले कतिपय मुक्तकहरु विषयान्तर भएको धारणा राखे ।
सर्जक पौडेलले प्रिया जन्मनुमा सहकर्मीहरुको महत्वपूर्ण योगदान रहेको स्मरण गर्दै अध्ययन गरी सुझाव दिन आम पाठकमा आग्रह गरे।
प्रतिष्ठानका पूर्व अध्यक्ष डा.भूमिराज बस्ताकोटीले सष्टा परिचय राख्दै सरल, मिलनसार, वचनबद्ध व्यक्तित्वका रुपमा कृर्तिका लेखक पौडेललाई चिनाए ।
कार्यक्रममा धुब्रराज पौडेल, जय चापागाई लगायतको समूहले साङगीतिक प्रस्तुति राख्यो । त्यस्तै रीता अधिकारी, श्रीराम अधिकारी, प्रतिष्ठानका कोषाध्यक्ष हरिश्चन्द्र भण्डारी लगायतले रचना वाचन गरे ।
प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष हिममाया पौडेलले स्वागत तथा सचिव डा.भानुभक्त आचार्यले कार्यक्रम संचालन गरे । ९६ पृष्ठ लम्बाईको उक्त कृर्तिमा कुल एक सय ५५ मुक्तक सङग्रहित छन्।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…