2Shares

पोखरा । पोखरा ७ मासबारमा रहेको मारिया मन्टेश्वरीले यूकेजीमा अध्ययनर विधार्थीलाई दिक्षित गरेको छ । एक समारोहका विच यूकेजी कक्षाका २६ जना विधार्थीलाई दिक्षित गरेको हो । कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत सोमनाथ भण्डारीले भौतिक पुर्वाधारमा अब्बल मारिया मन्टेश्वरीले शिक्षण सिकाइ प्रकृयालाई अगाडी बढाउने क्रममा छोटो समयमा नै पहिचान बनाउन सकेको बताए । महिलाहरुलाई रोजगारी सृजना गर्न मन्टेश्वरीहरुले ठूलो भूमिका खेलेको बताउदै सम्पुर्ण स्रोत र साधनले सम्पन्न मारिया मन्टेश्वरीको शैक्षिक गतिविधिलाई थप सशक्त तबरले अगाडि बढाउन भण्डारीले शुभकामना दिएका थिए ।

पोखरा महानगरपालिकाका शिक्षा समितिका सदस्य दिनेश आचार्यले मारिया मन्टेश्रीले यसै वर्ष देखि कक्षा २ सम्म अध्यपन गराउन अनुमति पाएको बताउदै थप जिम्मेवार भएर बालबालिकाको शिक्षा संगै अतिरिक्त क्रियाकलाप तथा खाद्य सुरक्षामा पनि ध्यान दिन सुझाब दिए । संचारकर्मी मधु अधिकारीले अहिलको प्रविधिमय युगमा बालबच्चालाई अक्षर ज्ञानमा मात्र सिमित नगराई उनीहरुको सृजनशिलता र प्रतिभालाई ध्यानमा राखेर सोहि अनुसारको शिक्षण सिकाईको आवश्यक्ता पर्ने बताउदै मारिया मोन्टेश्वरीलाई सोही गतिमा अगाडि बढाउन शुभकामना दिए ।

अभिभावकको तर्फबाट बोल्दै भोजराज तिवारीले संस्कार र संस्कृतिलाई ध्यानमा राखेर मन्टेश्वरीले बालबच्चालाई संस्कृत शिक्षा पनि दिदै आएकोमा खुसी व्यक्त गरे । कार्यक्रममा अभिभावकको तर्फबाट मोहन विक, देवेन्द्र पाण्डे, मन्टेश्वरीका संरक्षक विष्णुहरि बराल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा विधार्थीले विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक नृत्य सहित संस्कृत श्लोक पनि प्रस्तुत गरे । मन्टेश्वरीका प्राचार्य मिना सापकोटा बरालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत विधार्थीको तर्फबाट जेनिथ तिवारी, शिक्षिक करुण गुरुङ र संचालन शिक्षिका चन्द्रा देवि गुरुङ्ग र गंगा सुवेदीले गरेका थिए ।

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected