11Shares

पोखरा । गण्डकी प्रदेशमा हुने खेलकुद प्रतियोगिताहरुको उद्घाटन र समापन कार्यक्रम पट्यार लाग्दो हुने गरी सञ्चालन नर्गन प्रदेश खेलकुद परिषद गण्डकीले परिपत्र गरेको छ ।
परिषदले ११ वटै जिल्ला खेलकुद विकास समितिहरुलाई पत्र लेख्दै खेलकुद कार्यक्रममा आसन ग्रहण, वक्ताहरुको पटयार लाग्दा भाषणहरु छोट्याउन आग्रह गरिएको हो । खेलकुदका उद्घाटन तथा समापन कार्यक्रमहरुलाई छोटो, छरितो तथा फजुल खर्च निरुत्साहित गर्न परिषदका सदस्य सचिव श्रीधर शर्माले हस्ताक्षरित पत्रमा आसन ग्रहण र मन्तव्य कार्यक्रमलाई छोटो, छरितो, अनुशासित र मर्यादिन बनाउन तथा विदेशबाट आयातीत माला÷फूलको प्रयोग नर्गन समेत् भनिएको छ ।
त्यसै गरी कुनै पनि कार्यक्रममा प्लाष्टिकजन्य तथा वातावरण प्रदुषणजन्य सामाग्री, ठूलो ध्वनी आउने साउण्ड सिस्टेम, महङ्गा तथा प्रयोगमा नआउन खालका मायाँको चिनो, खादा तथा दोसल्ला प्रयोग समेत नर्गन भनिएको छ । परिषदले ति सामाग्रीहरुको ठाँउमा स्थानिय उत्पादनलाई टेवा पूग्ने गरी सामाग्रीहरुको प्रयोग गर्न र स्थानिय उद्योगहरुलाई प्रोत्सहान हुने गरी सामाग्रीहरु प्रयोगमा ल्याउन पत्रमा भनिएको छ ।
खेलक्षेत्रलाई अनुशासित, मर्यादित र व्यवस्थित रुपमा सञ्चालन गर्न जिल्ला खेलकुद विकास समितिहरु, खेल संघसंस्थाहरु, क्लबहरु र सरोकारवालाहरु संग अन्तक्रिया तथा छलफल गरी यथासिघ्र सो बारे धारणा परिषदमा पठाउन समेत भनिएको छ ।

11Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected