२०८३ मंसिर १, मंगलबार Tuesday, November 17, 2026
खबर

पोखरा पत्रकारिता सम्मान पराजुली र भण्डारीलाई

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले पोखरा पत्रकारीता सम्मान गंगाधर पराजुली र राजु भण्डारीलाई अर्पण गरेको छ । शुक्रवार पराजुलीलाई २०७९ र भण्डारी एवं भण्डारी परिवारलाई २०८० सालको पोखरा पत्रकारिता सम्मान अर्पण गरेको हो ।

पत्रकार महासंघ कास्कीको सभाहलमा सम्पन्न महासंघको ५९ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डले पत्रकारद्वयलाई सम्मान गरेका हुन् ।

पत्रकार गंगाधर पराजुलीलाई नगद ५० हजार ५५५ रुपैयाँसहित दोसल्ला र सम्मान पत्रले सम्मान गरेको हो भने, भण्डारी परिवारलाई पत्रकार महासंघको संस्थागत विकासमा टेवा पु¥याएकाले दोसल्ला र ताम्रपत्रद्वारा सम्मान गरिएको हो ।

स्थापना दिवसकै अवसरमा पत्रकार महासंघ कास्कीले ‘पत्रकारितामा देखिएको संकट र समाधानका उपायहरु’ विषयमा संवाद पनि गरेको थियो । संवाद कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री पाण्डेले पत्रकारितालाई नियन्त्रणभन्दा पनि नियमनको जरुरी रहेको बताएका थिए । ‘स्वतन्त्रता र छाडातन्त्र भनेको के हो भनेर मुलधारमा काम गर्ने पत्रकारहरुले अन्यलाई बुझाउन जरुरी छ,’ उनले भने, ‘सामाजिक सञ्जाल र पत्रकारिता फरक कुरा हुन् भन्ने आम जनतालाई बुझाउन सकिएको छैन् । यो पत्रकार र सरकारका लागि चूनौति हो ।’ यो भ्रम चिर्नका लागि साझा प्रयासको जरुरी रहेको उनले बताए ।

कार्यक्रममा सम्मानित गंगाधर पराजुलीले पुरस्कारले पत्रकारिता क्षेत्रमा कमल चलाउन हौसल बढेको बताए । ‘म केही समय अघिसम्म सक्रिय रुपमा पत्रकारितामा थिए । पछिल्लो समय केही निस्क्रिय जस्तै छु,’ उनले भने, ‘यो पुरस्कारले यही क्षेत्रमा रहिरहनुपर्छ भनेर हौसला मिलेको छ ।’ सम्मानित व्याक्ति राजु भण्डारीले संस्थागत रुपमा गरिएको सम्मानले पत्रकारिता क्षेत्रसँग परिवारको निकटता झनै बढेको बताए ।

कार्यक्रममा पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष बद्रीविनोद प्रतिकले पत्रकारितामा देखिएको समस्या र चूनौति समाधानका लागि पत्रकारहरु नै जागरुक हुनुपर्ने बताए । पत्रकार महासंघकी केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनीले पत्रकार सरकारको स्थायी प्रतिपक्ष रहेकोले सोही अनुसार कलम चलाउनुपर्ने बताईन् ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदी, प्रेस युनियन कास्कीका अध्यक्ष बासुदेव मिश्र, प्रेस सेन्टर नेपालका इन्चार्ज सन्देश श्रेष्ठ, प्रेस चौतारी नेपाल कास्कीका कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारी, संसदीय पत्रकार महासंघ गण्डकीका अध्यक्ष भरत कोइराला, नेकपा एमाले कास्कीका सचिव दर्शन लामालगायतले पत्रकारिता क्षेत्रको चूनौति समाधानका लागि पत्रकार नै सक्रिय र जिम्मेवार हुनेपर्नेमा जोड दिएका थिए ।

महासंघका सचिव माधव बरालको संचालन रहेको कार्यक्रममा प्रतिभा छनोट समितिका संयोजक कोमलनाथ बरालले महासंघ कास्की उपाध्यक्ष जमुना वर्षा शर्मा लगाएतले बोलेका थिए ।

Read more

परशु आधारभूतको हीरक जयन्ती पुस २६ मा, मिति परिवर्तनसँगै तयारी तीव्र

यसअघि पुस ९ गते हुने तय भएको कार्यक्रम १७ दिन पछि सारियो, ३ हजार वा सोभन्दा बढी सहयोग गर्ने चन्दादाताको नाम र रकम हीरक जयन्ती स्तम्भमा अंकित गरिने…

समाजसेवाको स्वर्णिम उदाहरण : लायन्स क्लबले बनायो आरोग्य भवन

पोखरा । सामाजिक सेवामा समर्पित लायन्स क्लब अफ पोखराले मानवीय सेवाको क्षेत्रमा अर्को महत्वपूर्ण योगदान दिएको छ । क्लबको २५ लाख रुपैयाँ आर्थिक सहयोगमा विन्ध्यवासिनी प्राकृतिक चिकित्सालयमा निर्माण…

नेपाली जनसम्पर्क समिति क्यानडाको संयोजकमा टोष्टराज कार्की ‘बसन्त’ मनोनीत

काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले नेपाली जनसम्पर्क समिति क्यानडाको संयोजकमा टोष्टराज कार्की (वसन्त कार्की) लाई मनोनयन गरेको छ। महाधिवेशन तयारी समितिका संयोजक प्रा. डा.…

डिएलए नेपालको कार्यवाहक अध्यक्षमा वरिष्ठ अधिवक्ता जगन्नाथ ढकाल

काठमाडौं । नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए–नेपाल) को कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष तथा वरिष्ठ अधिवक्ता जगन्नाथ ढकाललाई दिइएको छ। संस्थाका अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम के.सी.ले २०८३ कात्तिक…

पोखरामै वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण, काठमाडौं धाउनुपर्ने बाध्यता हट्यो

पोखरा । वैदेशिक रोजगारीमा जाने पोखरा तथा आसपासका जिल्लाका युवाले स्वास्थ्य परीक्षणका लागि काठमाडौं धाउनुपर्ने बाध्यता हट्ने भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले वैदेशिक रोजगारीमा…

‘खोइ किसुनजीको सादगी, गणेशमानको त्याग ?’ पूर्ण तिमिल्सिनाको कांग्रेस नेतृत्वलाई प्रश्न

पोखरा । नेपाली कांग्रेसको संगठनात्मक गतिविधि, नेतृत्वको कार्यशैली र आमकार्यकर्तासँगको सम्बन्धलाई लिएर पार्टीभित्रै असन्तुष्टिका स्वर सुनिन थालेका छन्। पार्टी सुधारको बहस चलिरहेका बेला नेपाली कांग्रेसका महासमिति सदस्य तथा…